6/29/2011

साइकलयात्रीले भिषा पाएनन्

विश्व साइकलयात्री सौरभ दाहाललाई जापानले भिषा दिन नमानेपछि अहिले उनी कोरियामै रोकिएका छन् ।
एक सातादेखि अघिल्लो यात्राका लागि जापान जाने प्रक्रिया सुरु गरे पनि भिषा समस्याले यात्रा रोकिएको हो ।
३४ औं मुलुक दक्षिण कोरिया सकेर दाहाल जापान जाने तयारीमा थिए । कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइरालाको पहलमा जापानको नेपाली दूतावासबाट २१ जुनमा नै स्वागत पत्र आए पनि कोरियास्थित जापानी दूतावासले कागजात नपुगेको भन्दै भिषा दिन मानेको छैन ।
धेरै नेपाली कलाकार, खेलाडी, साइकलयात्री लुकेर बस्ने विगतको नजिरका आधारमा जापानले भिषा नदिएको हुनसक्ने दाहालले बताए । दाहालको राहदानी अहिले कोरियास्थित जापानी राजदूतवासमा रहेको छ ।

No comments:

Pages