नेपाल जनजाति महासंघ जापानले महासंघका केन्द्रीय महासचिव आङकाजी शेर्पालाई गाई काटेको आरोपमा थुनामा राखिएकोमा आपत्ति प्रकट गरेको छ ।
महासंघ जापानका अध्यक्ष केबी मगरले विज्ञप्ती जारी गर्दै शेर्पालाई विना कसूर पक्राउ गरी हिरासतमा राखेकोमा खेद प्रकट गर्नुभएको छ । ‘सरकारको यो पागलपूर्ण निर्णयबाट जापानमा रहेका सम्पूर्ण आदिवासी जनजातिहरु स्तब्ध भएका छौं,’ विज्ञप्तीमा भनिएको छ । मान्छे मार्ने अपराधी खुलारुपमा हिँडिरहेको अवस्थामा पनि वास्ता नगर्ने र धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको अवस्थामा राज्यबाट यस्तो कार्य हुनु आपत्तिजनक रहेको विज्ञप्तीमा जनाइएको छ ।
No comments:
Post a Comment