7/02/2011

वृद्धाश्रमलाई व्यवसायीको सहयोग

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वृद्धाश्रमलाई एक लाख सहयोग गरेको छ ।
आफ्नो १९ औं वार्षिकोत्सबको अवसर पारेर संघले राजधानीको सोल्टीमोडमा दिलशोभा श्रेष्ठद्वारा सञ्चालित वृद्धाश्रमलाई सो सहयोग गरेको हो । सो वृद्धाश्रममा २७ वृद्धा र ४८ अभिभावक विहीन बालबालिका रहेका छन् । वृद्धाश्रमलाई श्रममन्त्री मोहम्मद इस्तियाक राईले एक महीनाको तलब, संघका अध्यक्ष सोमलाल बाटाजुले प्रत्येक महीना १० हजार, पूर्व अध्यक्ष भरतसिंह थापाले प्रत्येक महीना ५ हजार, वैदेशिक रोजगार विभागका उपसचिव चन्द्रप्रसाद जोशीले ५ हजार, व्यवसायी विष्णुकुमारी गुरुङले एक बच्चालाई १० कक्षासम्म निःशुल्क पढाउने घोषणा गरेका छन् ।

No comments:

Pages