6/28/2011

इजरायल रोजगारी खुल्ने सम्भावना न्यून

नेपाली महिला कामदारहरुका लागि आकर्षक गन्तव्य मानिदै आएको मध्यपूर्वी मुलुक इजरायलले केयरगिभर कामदारकोलागि नेपाली कामदारलाई लामो समयदेखि इजरायल प्रवेशमा रोक लगाएपछि
यसले नेपाल र इजरायल जस्तो गक्ष अनुसारको कमाई र सुरक्षित रोजगारी भएको मुलुकमा काम गर्न आउने चाहाना राख्ने हर नेपालीहरुप्रति ठुलो असर पारिरहेको छ ।
इजरायल सरकारले करिव अढाईबर्ष अघिदेखि नेपालस्थित म्यानपावर एजेन्सीहरुले कामदारबाट अत्याधिक रकम लिदै इजरायल प्रवेश गराएको, तालिम विना नै अत्याधिक मात्रामा असक्षम कामदारहरुलाई इजरायल प्रवेश गराउदा कामदारहरु समस्यामा पर्ने गरेको लगायत विभिन्न कारणहरु देखाउँदै नेपाली कामदारहरुलाई केयरगिभरको भिषा दिन रोक लगाएको थियो भने त्यसैबेलादेखि नै नेपालीहरुमा वेला वेलामा इजरायल खुल्दैछ र खुल्यो भन्ने भ्रामक हल्लाहरु चल्दै आइरहेका थिए । यसै सन्दर्भमा गत केही हप्ताअघिदेखि फेरि एक पटक व्यापक रुपमा चलिरहेको इजरायल खुल्दै छ भन्ने अस्पष्ट हल्लाहरुले इजरायलमा आएर काम गरेर डलर कमाउने सपना सजाउने नेपालीहरुकोलागि सपना सजाउन थप मद्दत पुर्याएको छ ।

नेपाली दूतावास तेलअभिवले यस बारेमा इजरायल सरकारबाट कुनै आधिकारिक जानकारी प्राप्त नभएको जानकारी दिएको छ । रोजगारी खुल्ने विषयमा हुने गरेका हल्लाहरु नेपाली दूतावाससम्म पनि सुनिन थालेपछि  नेपाल सरकार श्रम तथा यातायात मन्त्रालयमा कुराकानी भएको तर यस विषयमा कुनै ठोस निर्णय प्राप्त नभएको जानकारी पाएको दूतावासले जानकारी दियो ।
विगत अढाई बर्ष अघिदेखिनै रोजगारी खोल्न दूतावासले अनेक तरहले पहल जारी राखे पनि नेपाली कामदारहरु मर्कामा पर्ने गरेको दर्शाउदै इजरायल सरकारले नेपाल सरकारलाई विभिन्न १६ म्यानपावर कम्पनीलाई ठगिको आरोपमा कारबाही गर्न सिफारिस गरेको तर वैदेशिक रोजगार विभागले ठगीको बारेमा छानबिन गर्दा केही म्यानपावर कम्पनी मात्र दोषी ठहर गरी ती कम्पनीलाई मात्र निलम्बन गरेको थियो । अन्य म्यानपावरले कम्पनीको नियमअनुसार इजरायलमा कामदार पठाएको भन्दै कारबाही गर्न नसकिने विभागले जनाएको थियो भने सिफारिस गरेअनुसार म्यानपावर व्यवसायीलाई कारबाही नगरेपछि इजरालय सरकारले आईओएम ९क्ष्लतभचलबतष्यलब िइचनबलष्शबतष्यल ायच ःष्नचबतष्यल० मार्फत नेपाली कामदारहरुलाई लिन सकिने प्रस्ताव राख्दै आएको दुतावास श्रोतले बतायो । श्रोतका अनुसार नेपाली राजनैतिक तरलताका कारण इजरायल सरकारको यस किसिमको प्रस्तावको नेपाल सरकारबाट कुनै ठोस जवाफ नपाउदा रोजगारी खुल्ला गर्ने नेपाल सरकारको पहल अगाडि वढ्न नसकिरहेकोले हाललाई इजरायल खुल्ला हुने सम्भावना पनि त्यती वलियो छैन ।
नेपाल सरकारले इजरायलको रोजगारी खुलाउने पहल स्वरुप करिव २ बर्ष अघि तत्कालिन श्रम तथा यातायात मन्त्री मोहम्मद अफताव आलमको नेतृत्वमा एउटा टोली इजरायल आएको थियो । त्यतिखेर इजरायल सरकारले केही साता मै रोजगारी खुल्ला गर्ने आश्वासन दिए पनि हालसम्म रोजगारी खुल्ला गरेको छैन भने गएको केही हप्ता अघि नेपाल सरकारले अन्तर मन्त्रालय छलफल भइरहेको जनाएको समाचार आएको थियो । सोही किसिमको व्यहोराका अभिव्यक्तिहरु सार्वजनिक कार्यक्रममा श्रम मन्त्रीबाट पनि आएका कारण जनमानसमा इजरायल खुल्दैछ भन्ने हल्ला पुगेको हुन सक्ने दुतावास श्रोतको ठहर छ ।
वैदेशिक रोजगारीका सिलसिलामा करिव २ बर्ष अघि करिव १७ हजार नेपाली कामदार कार्यरत इजरायलमा विभिन्न कारणले नेपाली कामदारहरुको वाहिरिने क्रम बढ्दा हाल करिव ५ देखि ७ हजार को संख्यामा नेपाली कामदारहरु यहाँ कार्यरत रहेको अनुमान छ जसमध्ये ९० प्रतिशतभन्दा बढी महिला कामदार कार्यरत रहेका छन् ।। इजरायलले फिलिपिन्स, भारत, श्रीलंका, थाइल्यान्ड, रोमानिया लगायतका मुलुहरुबाट कामदारहरु रोजगारीको लागि ल्याउने गर्दछ ।

No comments:

Pages