मधु पाण्डे
दक्षिण कोरिया । दक्षिण कोरियाको बुसान शहरस्थित थ्योङ्याङ देहाक्योमा बिगत २ बर्षदेखि टुरिजम म्यानेजमेन्ट बिषय लिएर अध्ययन गर्दै आएका उदयपुर गाइघाटका उज्ज्वल अधिकारीको मृत्यु भएको छ ।
गत मंगलवार बेलुकीदेखि बन्द उनको कोठामा बुधवार दिनभरि पनि ढोका नखुलेपछि सङ्का लागि प्रहरीलाई बोलाई ढोका खोल्दा उनलाई मृत फेला पारिएको थियो । तत्काल प्रहरीले उनलाई सुयोङ सुहो अस्पातलमा लगेका भए पनि चिकित्सकले उनको मृत्यु करिब १० घण्टा पहिले नै भइसकेको जानकारी दिएका थिए । हाल उनको शवलाई अस्पतालमा नै रखिएको छ ।
No comments:
Post a Comment