दिनेश रेग्मी
दोहा सफाइ कामदार आपूर्ति गर्ने एक कम्पनीले सुविधा कम दिएर बढी काम लगाएपछि ५ युवती बसेको क्याम्पबाट भागेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।
पहिलेदेखि सहयोग मागेका उनीहरूलाई एक नेपालीले कतारको खर्तियातस्थित क्याम्पनजिकैबाट लगेका थिए । दूतावास पुग्ने युवतीहरूमा सिन्धुपाल्चोक बाह्रबिसेकी देउती थापा, पाँचथर लुङरुपाकी गीता राई, झापा बाहुनडाँगीकी गोमा मगर, इलाम श्रीअन्तुकी रचना राई र बर्दघाट नवलपरासीकी पदमकुमारी कुँवर छन् । बिहान ५ बजे काममा जान गाडी लिन आउने गथ्र्यो, हामी ४ बजे निस्केर लुकेर बसेका थियौं, थापाले सुनाइन्, एक जना नेपाली दाइ आएर दूतावास ल्याइदिनुभयो । कम्पनीले स्कुलमा सफाइको काम गर्न लगाएर बेलुका घरको सरसफाइमा पठाउने गरेको उनीहरुको गुनासो छ । दोहोरो काम गर्दा समेत तलव भने थोरै दिएको उनीहरूले बताए । उनीहरूले कम्पनीमा काम गर्न थालेको १४ देखि २७ महिना भएको छ । घरमा काम गर्दा साहुले महिनाको १ हजार ७ सय रियाल ९३४ हजार रुपैयाँ० दिन्छन् । त्यो सबै कम्पनीलाई बुझाउनुपर्छ । कम्पनीले ३ सय रियाल ९६ हजार रुपैयाँ० मात्र दिन्छ, थापाले भनिन्, काम गरेर फर्किंदा राति १२ बज्छ । सुविधा नभएपछि भागेर दूतावास आउनुबाहेक हाम्रो अर्को बाटो भएन ।दोहा सफाइ कामदार आपूर्ति गर्ने एक कम्पनीले सुविधा कम दिएर बढी काम लगाएपछि ५ युवती बसेको क्याम्पबाट भागेर नेपाली दूतावासको शरणमा पुगेका छन् ।
उनीहरुले एउटा क्याम्पमा १३ जना नेपाली बस्ने गरेको बताउँदै एसी नभएको र पानी लिन बाहिर जानुपर्ने बताए । कंपनीसंग बांकी दुई महिनाको तलव रहेको सुनाउदै रकम पाएपछि नफर्किने गरी घर जाने उनीहरुको भनाई छ । ुयस्तो दुःख गरेर काम गर्न सकिँदैन, अब बुवाआमाको सेवा गरेर बस्छु,ु राईले सुनाइन् । उनीहरूमध्ये कोही नेपालबाट कम्पनी र कोही कतारबाट एजेन्टले पठाएको भिसामा आएको बताएका छन् ।
उनीहरूले घरको कामबाहेक क्लिनिङ कम्पनीले मासिक तलब ६ सय रियाल ९१२ हजार रुपैयाँ० भन्दा बढी, खाना, बस्न सुविधा र ओभरटाइमको व्यवस्था रहेको भनेको थियो \
No comments:
Post a Comment