पर्यटन वर्षलाई सफल बनाउन कतारस्थित नेपाली दूतावासले दोहाको लोकप्रिय सपिङ मल ‘भिलाजियो’मा नेपाल सम्बन्धी प्रवद्र्वनात्मक दृश्य सामाग्री प्रशारण गरेकोमा राम्रो प्रतिकृया प्राप्त भएको छ ।
नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन तथा मध्यपुर्वमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन नियोगले एक विशेष वृत्तचित्रको प्रदर्शन भिलाजियो सपिङ मलमा गत १ जुनबाट शुरुवात गरेको थियो । सो वृत्तचित्रको प्रदर्शन ३० जुनबाट सम्पन्न हुँदैछ । नेपालबारेका जानकारी अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र यो क्षेत्रको स्थानीय भाषा अरबी दुवैमा प्रस्तुत गरिएका थिए ।
‘राम्रै रेस्पोन्स आएको छ’ राजदूतावासका द्वितिय सचिव जय बहादुर राईले भने– ‘धेरै अरवी र अन्य विदेशीले सो सामाग्री हेरेको र नेपालबारे जानकारी लिएको समाचार पाएका छौं ।’ सो मलमा कार्यरत नेपाली युवाहरूले पनि पर्यटन प्रवद्र्वनका लागि प्रचारात्मक सामाग्रीको प्रशारण गर्ने यो उपाय प्रभावकारी रहेको बताएका छन् ।
भिलाजियोका सुरक्षाकर्मीकारुपमा कार्यरत चितवन पर्सा–४, खैरेनीका ध्रुव उप्रेतीले राजधानीसंगको कुराकानीमा नेपाली पर्यटन प्रवद्र्वनका लागि नेपाली दूतावासले सहि जग्गामा सहि तरिका अपनाएको बताएका थिए । सो प्रचारप्रसारपछि कतारबाट नेपाल जाने पर्यटकको संख्यामा बढोत्तरी आउने विश्वास राजदूत डा. सुर्यनाथ मिश्रले ब्यक्त गरेका छन् ।
सो वृत्तचित्रमा ‘नेचुरल्ली नेपाल, वान्स इज नट इनफ’ (प्राकृतिक नेपाल, एकपटक मात्रै काफी छैन) को मुख्य नारासहित नेपालको मानचित्र, राष्ट्रिय झण्डा, प्राकृतिक मनमोहक सौन्दर्य, जङ्गल सफारी, ट्रेकिङ, प्याराग्लाइडिङ्ग, ¥याप्mिटङ तथा भगवान गौतम वुद्वको तस्वीरसहित दृश्यावली समेटिएका छन् । बृत्तचित्रमा नेपालको पर्यटनवारे जानकारी प्राप्त गर्नसकिने वेवसाइट ‘वेलकमनेपाल डट कम’ उल्लेख थियो ।नेपाल पर्यटन वर्ष २०११ लाई सफल बनाउन तथा मध्यपुर्वमा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन नियोगले एक विशेष वृत्तचित्रको प्रदर्शन भिलाजियो सपिङ मलमा गत १ जुनबाट शुरुवात गरेको थियो । सो वृत्तचित्रको प्रदर्शन ३० जुनबाट सम्पन्न हुँदैछ । नेपालबारेका जानकारी अन्तर्राष्ट्रिय भाषा अंग्रेजी र यो क्षेत्रको स्थानीय भाषा अरबी दुवैमा प्रस्तुत गरिएका थिए ।
‘राम्रै रेस्पोन्स आएको छ’ राजदूतावासका द्वितिय सचिव जय बहादुर राईले भने– ‘धेरै अरवी र अन्य विदेशीले सो सामाग्री हेरेको र नेपालबारे जानकारी लिएको समाचार पाएका छौं ।’ सो मलमा कार्यरत नेपाली युवाहरूले पनि पर्यटन प्रवद्र्वनका लागि प्रचारात्मक सामाग्रीको प्रशारण गर्ने यो उपाय प्रभावकारी रहेको बताएका छन् ।
भिलाजियोका सुरक्षाकर्मीकारुपमा कार्यरत चितवन पर्सा–४, खैरेनीका ध्रुव उप्रेतीले राजधानीसंगको कुराकानीमा नेपाली पर्यटन प्रवद्र्वनका लागि नेपाली दूतावासले सहि जग्गामा सहि तरिका अपनाएको बताएका थिए । सो प्रचारप्रसारपछि कतारबाट नेपाल जाने पर्यटकको संख्यामा बढोत्तरी आउने विश्वास राजदूत डा. सुर्यनाथ मिश्रले ब्यक्त गरेका छन् ।
भिलाजियो सपिङ मलमा रहेका ९१ वटा साना तथा २ वटा ठूला स्क्रिनमा प्रत्येक ६÷६ मिनटको अन्तरालमा प्रदर्शन हुन वृत्तचित्र २० सेकेण्डको रहेको थियो । सो प्रशारणका लागि मल्टी मिडिया डिस्प्ले संचालक ‘फायरङ्खलाई डट कम’संग नेपाली राजदूतावासले एक महिने सम्झौता गरेको थियो ।
No comments:
Post a Comment