रवि रोषी
नेपालीको छातिमा हिमाली छायाँ छ
नेपालीलाई नेपालको विछट्टै माया छ...
देशभक्ति गीतमा हिमाल, पहाड, मधेश÷तराईको संस्कृति झल्कने भेषभुषासहितको नृत्यले समग्र नेपालीवीच अनेकतामा एकता र भाईचाराको बन्धुत्वभाव दर्शाउँदै कतारवासी नेपालीजनको मनको गहिराई पनि छोयो ।
सिरहाली एकता समाज, कतारले दोहा सिनेमामा आयोजना गरेको जलवा डान्स हंगामा २०११ ले कतारवासी नेपालीलाई गृष्मकालिन उष्णतामा शितलताको लेप लगाइदियो ।नेपालीलाई नेपालको विछट्टै माया छ...
देशभक्ति गीतमा हिमाल, पहाड, मधेश÷तराईको संस्कृति झल्कने भेषभुषासहितको नृत्यले समग्र नेपालीवीच अनेकतामा एकता र भाईचाराको बन्धुत्वभाव दर्शाउँदै कतारवासी नेपालीजनको मनको गहिराई पनि छोयो ।
गीताबाट उदृत गीतावाणीको श्लोकवाट सुरु भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी नेपाली दूतावासका महामहिम राजदूत डा. सुर्यनाथ मिश्रका साथै सिराहा नगरपालिकाका भूतपूर्व उपमेयर तथा कार्यक्रमका विशेष अतिथीले कार्यक्रमको औचित्यको बारेमा आफ्नो मन्तव्य राखे ।
रेडियो नेपालमा हिन्दी समाचार वाचिका स्मृति मिश्र र अर्का कार्यक्रम प्रस्तोता घनश्याम मिश्रको प्रस्तुती बेजोड थियो । सांगीतिक प्रस्तुतीको प्रवेशमा गायक प्रकाशदास मानसले ‘सन्देशे आती हे..’ भन्ने हिन्दी गीत गाएर सवैलाई मुलूक सम्झाउँदै भावविव्हल बनाएका थिए भने ‘तेरे नाम हम ने किया है’ बोलको गीत पनि गाएर उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन दिएका थिए । त्यस्तैगरी ‘रामकसम दिल्ली सरकार हिला दुँ..’ नामको हिन्दी गीत गाएर नृत्यांगना जेसिका खड्काले सवैको मन हल्लाईदिइन् भने डली सरकारले आँखसे छल्का आँसु जा टपका सरावमें बोलको गीतमा कुशल पायल नृत्य संगै हे राजा आजा तनी कुर्था खोल के भन्ने भोजपुरी गीतमा नाचेर सवैलाई मुग्ध पारिन् ।
दर्शकहरूको माझमा मारेला जोवनवा हिलोर कि चोली फाटजाईह नामक भोजपुरी गीतमा टिमिक्क परेको चोली लगाएर अस्मिता गिरीले दर्शकलाई सिटबाट उठेर नाच्न बाध्य बनाईदिइन् भने आँखो मे काजल सजादे पिया, पाँवमे पायल पहना देती है भन्ने गीतमा पनि पाउजुको झंकारसंगै उनी त्यत्तिकै जमेकी थिइन् ।
त्यस्तै गरी जेसिकाले जब मेरी कमरिया लचकेरे भन्ने वोलको गीतमा नृत्य प्रस्तुत गर्दै सवैको मन लुट्न सफल रहिन् । आरती चौधरीले सईंयाजी दिलवा मागेला गम्छा विछाइके भन्ने भोजपुरी गीतमा नाचेर सवै दर्शकलाई रुमाल फाल्ने बनाईदिएकी थिइन् भने आरती चौधरी तथा पंकज लगायत अन्य कलाकारहरूको वावा निक निक चलीह मलहारीमेँ भन्ने मैथिली गीतमा पनि त्यत्तिकै मनोरञ्जन दिन सफल भएका थिए ।
त्यस्तै गरी समूह नृत्य प्रस्तुत गर्नेहरूमा पंकज र डोलीको देखके दिलवा मैडमजी लव यु लव यु वोले भन्ने हिन्दी गीतको नृत्य, जेसिका र पंकजको तुतो लागत वाडु गोरी एक लमचु से भन्ने भोजपुरी नृत्य, मुन्नी बदनाम हुई बोलको भोजपुरी भाषामा रिमेक गरिएको गीतमा कुशल नृत्यकार तथा कोरियोग्राफर पंकज र समूहको जिलेवी रे, जिलेवी तोहरा खातिर बोलको नृत्य र डली सरकार तथा अन्य हास्य कलाकारको भोजपुरी कमेडी मिसरीजी बोलको नृत्य पनि त्यत्तिकै जमेको थियो भने फुलौरी विना चटनी कैसे बनी भन्ने गीतमा अस्मिता, जेसिका, डली र आरतीले समूहगत रुपमा आफ्नो नृत्य प्रस्तुत गरी कतारवासी नेपालीको मन जिते ।
दोहा सिनेमा हलमा २ शो आयोजित सो कार्यक्रममा कतारको स्थानीय रामजानकी नृत्य समूहको पनि थप प्रस्तुती रहेको थियो । नेपाली, हिन्दी, मैथिली, भोजपुरी लगायत अन्य भाषाहरूका गीत तथा नृत्य प्रस्तुत गरिएको सो कार्यक्रमका अध्यक्ष एवं कार्यक्रम आयोजक रुपेश यादवले सिराही एकता समाजको पहिलो प्रस्तुतीबाट नै दर्शकको ब्यापक प्रसंसा पाएकोमा प्रशन्नता ब्यक्त गरे । ‘यस्तै साथ पाए, फेरि फेरि पनि प्रयास गर्नेछौं’ उनले भने ।
No comments:
Post a Comment