8/20/2011

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने महिला पक्राउ

भूटानी शरणार्थी बनाइ अमेरिका लैजाने भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।१८जना व्यक्तिबाट करिब ६० लाख रुपैंया लिएको अभियोगमा दमक–१३ झापाकी अजिता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
आफूले शरणार्थी बनाएर अमेरिका लगिदिन्छु भन्दै रकम लिएको पौडेलले स्विकारेकी छन् । पैसा लिएका व्यक्तिहरूलाई शरणार्थी शिविरको जानकारी गराउन र शरणार्थी शैली सिकाउन जेठ अन्तिममा  करिब एक महिना आफूले रकम दमकको एक होटलमा राखेको पौडेलले बताइन् । प्रहरीका अनुसार नक्कली  शरणार्थी बनाएर अमेरिका लैजाने ठुलो गिरोहको एक पात्र अजिता भएको र अन्य व्यक्ति र समूहको पनि यसमा संलग्नता रहेको हुन सक्छ ।

No comments:

Pages