8/17/2011

अरूलाई हराउन गएका आफै हराए

सिओल । दक्षिण कोरियाको नामयङजु सिटिमा विश्व तेक्वान्दो हानमादाङृ सभागिता जनाउन आएका दुई नेपाली खेलाडी  वेपत्ता भएका छन् ।
गत अगस्ट १० तारिखदेखि १३ तारिख सम्म भएको खेलमा उनीहरुले अनुपस्थित भएपछि यस्तो रहस्य खुलेको हो । विश्व तेक्वान्दो महासंघ तथा कोरिया तेक्वान्दो संघको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रममा सहभागी हुन उनीहरु गत जुलाई ९ तारिखमा कोरिया आएका थिए ।
विश्वकिर्तीमानी तेक्वान्दो खेलाडी संगिना वैध सहित १२ जनाको टोलीसँगै कोरिया आएका भुपेन्द्र मगर र उत्तम रिमाल विश्व तेक्वान्दो हानमादाङृ खेलमा सहभागीता जनाउन कोरिया गएका थिए । सो खेलमा विश्वका ८० वटा राष्ट्रका ११ सय भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो ।

No comments:

Pages