8/17/2011

चार नेपाली महिलाको उद्दार

आरबि बुढाथोकी
कुबेतको फाहिलस्थित गैर कानुनी रुपमा बिभिन्न देशका महिलाहरु जबरजस्ती यौन धन्दामा प्रयोग गर्न एक बङगलादेश नागरिक सहित घरको हेरचाह गर्ने ब्यक्ती हारिसलाई  कुबेत पुलिसले रङगेहात समातेको छ  ।
जसमा चार नेपाली महिला पनि रहेका छन र तीन इन्डोनेसियन पनि परेका छन । कतारको नेपाली समाजका चर्चित ब्यक्तित्व तथा गायक पुष्प तामाङले आफुलाई कोठा खोज्ने सिलसिलामा फाहिलको एक घरमा पुग्दा ति चार नेपाली महिलाहरुले आफहरुलाई बन्धक बनाएर जबर जस्ती यस्तो धन्दामा सामेल गराएको हामीलाई बचाउनुस् भने पछी तामाङले सिधै कुबेत पुलिसलाई फोन गरी खबर गरेको आधारमा सो समुहको नाइके सहित हारिस र सबै महिलाहरुलाई पक्डेको थियो । नाइके तथा हारिसलाई कुटपिट सहित मुद्दा दाखिला गरिने भएको छ भने पीडित महिलाहरुलाई छिट्टै सम्बन्धित दुताबासको समन्वयनमा छिट्टै उद्दार गरिने भएको छ ।
यसरी यस घिनित पेशामा जबरजस्ती रुपमा मुछिन पुगेका चार नेपाली महिला मध्ये दुई झापा जिल्लाका छन भने दुई सिन्धुपाल्चोकका छन । यो धन्दा चलाऊन घरको पालेको पनि मिलेमतो रहेको हुनाले उक्त ब्यक्तीलाई पनि दोशी ठहर गरी हिरासतमा लिइएको छ। एक जिम्मेवार नगरिकको हैसियतले निडर पूर्वक हामीले चार नेपाली चेलीहरुको उद्दार होस भनी  आफ्नो धर्म निभएका छौ अब बाँकी काम नेपाली दुताबास र कुबेतका नेपाली संघ सस्थाहरुले गर्नु पर्छ एक भेटमा पुष्प तामाङले बताउनु भयो । कुबेतमा यस्ता धन्दा सन्चालन गरेर बस्नेहरु यत्रतत्र सर्बत्र रुपमा देखिन्छ र स्थानिय प्रशासनको आँखा छलेर बिगत लामो समयदेखी यसका अधिकाम्स नाइके गिरोहहरु बङगाली नागरिक रहेको प्रमाणित भएको छ अत कुबेत सरकारले बिगत सात बर्षदेखी बङगाली नागरिकलाई गैर कानुनी काममा अत्याधिक भेटिएको आधारमा प्रबेशमा रोक लगाएको छ । हरेक नराम्रा काम बङगाली नागरिकले सन्चालन गरेको छ र यो पूर्ण जानकारी स्थानिय सरकारलाई पनि छ तर स्थानिय सरकारले पनि प्रभाबकारी रुपमा यस्ता गिरोहहरुलाई कारबाही गर्न नसकेको बिज्ञहरुको छ ।

No comments:

Pages