8/17/2011

राजदूत योञ्जनको बिदाई

आफ्नो कार्यकाल सकेर नेपाल र्फकन लाग्नुभएका जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जनलाई जापानको नागोया शहरमा बस्ने नेपालीहरु हार्दिक बिदाई गरेका छन् ।
गैरआवासीय नेपाली संघ जापान तोकाई होकिरिकु क्षेत्रीय समिति, नेपाली बिद्यार्थी समाज जापान ९नेसाज० तथा नेपाल आदिवासी जनजाती महासंघ जापानको संयुक्त आयोजनामा मंगलबार एक बिशेष कार्यक्रमको आयोजना गरि डा. योञ्जनलाई बिदाई गरिएको हो ।
सो अबसरमा उपस्थीत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले राजदूत योञ्जनलाई पुष्पगुच्छा दिंदै खादा ओढाएर बिदाई गरेका थिए । यस्तै नेपाल मगर संघ तोकाईका अध्यक्ष श्याम राना मगरले भने मगर परम्पराअनुसार फेटा बाँधिदिएर राजदूतलाई बिदाई गर्नुभयो ।
कार्यक्रममा एनआरएन जापान तोकाई होकिरिकुका अध्यक्ष निमा लामा, नेसाज अध्यक्ष बिमल अधिकारी, नेसाजका सल्लाहकार तथा पूर्व अध्यक्ष सरोज कँडेल, आदिबासी जनजाती महासंघका केवी मगर लगायतले पुष्पगुच्छा तथा खादा प्रदान गर्दै डा। योञ्जनको सफलताका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यसैगरि नेपाली जनप्रगतिशिल मोर्चाका निर्वतमान अध्यक्ष मोहन खत्री, डिलाराम खरेल, केशर गिरी, पारशमणि पोखरेल, बिजय खनाल लगायतका ब्यक्तित्वहरुले राजदूतले जापान बसाईका क्रममा नेपालीका लागि गरेका कामको प्रशंसा गर्दै बाँकी जीवनको सफलताको लागि शुभकामना दिएका थिए ।
सो अबसरमा आफ्नो मन्तब्य राख्दै महामहिम राजदूत योञ्जनले जापान बसाई सफल बनाउन सहयोग पुर्‍याउनुहुने नेपाली समाजका प्रतिनिधि तथा सदस्यहरुलाई धन्यवाद दिनुभयो । आफु जापान छाडेर फर्किएपनि जापानबासी नेपालीसँगको साइनो नतोडिने भन्दै राजदूत योञ्जनले जापान बसाई निकै सम्झन लायक भएको बताउनुभयो ।

No comments:

Pages