8/17/2011

पाँच दिनमै पवित्रा गायब

हरिकृष्ण न्यौपाने
नेपालबाट घरेलु नोकरानीको कामका लागि कुवेत आएकी कपिलबस्तुकी पवित्रा घर्ती क्षेत्री कुवेत आएको ५ दिनमै भागेर बेपत्ता भएकी छिन। नेपाली एजेन्टबाट कुवेतीको घरमा काम गर्न गएको २ दिनमै उनी एकाएक बेपत्ता भएकी हुन।
उनलाई कुवेत ल्याउने एजेन्ट गुणमाया दुलालले दिएको जानकारी अनुसार पहिला पनि कुवेतमा काम गरेर नेपाल गएर फर्किएकी पवित्रा गत अगष्ट ३ तारिक कुवेत आईपुगेकी थीईन। फाहहिलमा रहेको गुणमायाको माध्यमबाट कुवेत आएकी पवित्रालाई अगष्ट ७ तारिक कुवेतको रिग्गामा एक कुवेती नागरिकको घरमा कामको लागि पठाइएकोमा उनी काममा लागेको २दिनपछि नै भागेर बेपत्ता भएकी हुन् ।

No comments:

Pages