8/20/2011

खाडी जाने कामदार पाइनै छाडे

वैदेशिक श्रम बजारमा खाडी मुलुकमा काम गर्न जाने जान कामदारको अभाव देखिन थालेको छ । लागत र परिश्रमको तुलनामा पारिश्रमिक नपाउने भएपछि खाडी जाने कामदारको अभाव हुन थालेको हो । ‘शिक्षित युवा जनशक्ति कोरियातिर आकषिर्त हुन थालेका छन् भने राहदानी भएका अदक्ष जनशक्ति बजारमा भेटिादैन’, फरेन इम्प्लोइमेन्ट एशोसियनका अध्यक्ष प्रेम कटुवालले भने, ‘अहिले खाडी उड्ने कामदार भेटिन मुस्किल पर्छ ।’
कोरियामा रोजगारले यसलाई झन् समस्या पारेको छ । ‘बजारमा ५१ हजार राहदानी कोरिया जान बसेकाहरुसाग छ’, उनले भने ‘अर्कोतिर परराष्ट्र मन्त्रालयले आवश्यकताअनुसार राहदानी जारी गर्न सकेको छैन ।’ खाडी जाने कामदारले हालको महागीअनुसार तलब पाएका छैनन् । सरकारले १० वर्षअघि निर्धारण गरेको न्यूनतम पारिश्रमकिमै कामदारको माग आइरहेको छ । खाडी जाने कामदारले ८० देखि १ लाख २० हजार रुपैया लगानी गरेर १२ देखि १६ हजारसम्म मात्रै कमाउाछन् । दुईवर्षे करारमा गएका कामदारले एक वर्षसम्म दिनरात घोटिादा लागत खर्च जुटाउनै मुस्किल पर्छ ।
कामदारले बसेर, खाएर न्यूनतम तलब कम्तीमा १६ हजार रुपैयाँ नभए अब खाडीमा कामदार पठाउान सकिादैन’, उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वसदस्यसमेत रहेका श्रमविज्ञ गणेश गुरुङका अनुसार कामदारमा आएको चेतना र श्रम बजार छनोटले प्रभाव देखिन थालेका हो । उनका अनुसार खाडी मुलुकले कामदारको पारिश्रमकि वेद्धि गर्न अनिवार्य भइसकेको छ भने सरकारले लागत खर्च पनि घटाउनु पर्छ ।

No comments:

Pages