8/17/2011

नेपाली मूलका अमेरिकी सैनिकको मृत्यु

न्यूयोर्क । अफगानिस्थानमा कार्यरत नेपाली मूलका अमेरिकी स‍ैनिकको मृत्यु भएको छ । अफगानिस्थानमा कार्यरत २४ वर्षीय नेपाली जवान बरुण राइको मृत्युभएको अमेरिकास्थित पारिवारिक स्रोतले जनाएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित सिल्भरस्प्रिड।घर भएका र्राईको गत अगस्ट ३ तारिख अफगानिस्थानको काबुलमा गाडी पल्टिएर दूर्घटनामा परि मृत्युभएको हो ।
राई विगत साढे चार वर्षअघि मेरिल्लाण्डबाट अमेरिकी सेनामा भर्ती भएका हुन् । राईको परिवार विगत पाँच वर्षदेखि मेरिल्याण्डमा बसोबास गर्दै आएको छ ।

No comments:

Pages