8/17/2011

एक सय १६ कामदार कारवाहीमा

कतार सरकाले नियमविपरीत काम गरेको भन्दै १ सय १४ जना नेपाली कामदारहरुलाइ नेपाल फिर्ता पठाउने सुची तयार पारेको छ । विभिन्न कारणले गैरकानुनी भएका कारण स्वदेश फर्कनुपूर्व जानुपर्ने स्थान फिर्ती केन्द्रमा १ सय १४ जना रहेको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
विगतमा भन्दा अहिले फिर्ती केन्द्रमा थोरै कामदार रहेको राजदूत डा। सूर्यनाथ मिश्रले बताउनु भयो । ।उहाँले आवश्यक कानुनी पहल गरी केन्द्रमा रहेकाहरूलाई स्वदेश फर्काउन प्रयास भइरहेको जानकारी दिनुभयो । पर्याप्त जानकारीबिना कतार पुगेका नेपाली कामदारहरूलाई सामान्य गल्तीमा पनि स्वदेश फर्कनुपर्ने बाध्यता रहँदै आएको छ ।
यीबाहेक जघन्य अपराध गरेको अभियोगमा आवश्यक कारबाहीका लागि भन्दै २७ जना नेपालीलाई कतारको केन्द्रीय कारागारमा राखिएको दूतावासले जनाएको छ । विगतमा धेरै नेपाली कारागार परेका थिए राजदूत मिश्रले भने, दूतावासको पहलमा सजाय कम गरी स्वदेश फर्काउने काम भएको छ, कारागारमा अहिले नेपालीको संख्या घटेको छ । दूतावासले नेपालीलाई कानुनी उपचारमा सहयोगसमेत गर्दै आएको जनाएको छ ।

No comments:

Pages