8/22/2011

ईपिएसको नतिजा आज

रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत दक्षिण कोरिया जानका लागि यही साउन ६ र ७ गते लिइएको परीक्षाको परीक्षाफल आज प्रकाशित हुँदैछ । वैदेशिक रोजगार विभागकाअनुसार नजिताको विस्तृत विवरण इपिएस शाखाको सूचनापाटी र वेबसाइटहरू
www.epsnepal.gov.np / www.dofe.gov.np मा राखिने छ । नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच भएको समझदारीपत्र अनुसार नेपाली कामदार कोरिया जाने प्रक्रियाअन्तर्गत करिब ५० हजार युवाले परीक्षा दिएका थिए । कोरियाले सुरुमा ७ हजार नेपाली कामदार लिने भनेपनि पछि कोटा बढाएर १५ हजार पु¥याएको थियो । परीक्षामा १६ हजार उत्तिर्ण हुने समाचार प्रकाशमा आएको छ ।
ईपिएस प्रणाली अन्तर्गत नेपालले पाउने कोटा १५ हजार बढेको चर्चासँगै हजारौं नेपाली अझ कोरियाप्रति आकर्षित भएका छन् । प्रक्रियागत रूपमा काम भएमा र नेपालीले आफ्नो परिश्रमी छवि नबिगारेमा आउँदो मंसीरभित्रै अर्को परीक्षा हुन सक्ने श्रोतले जनाएको छ । नेपाली कामदारको लागि आकर्षक गन्तब्यको रुपमा रहेको कोरियामा नेपालीहरू मेहेनत र लगनशीलताका कारण कोरियालीहरूको छनोटमा पहिलो स्थानमा पदर्छन । नेपालमा गरिएको परिक्षा प्रणलीमा सुधार र नेपालीहरूको काममा लगावका कारण कोरियाली अन्य मुलुकका कामदार कटौति गरेर नेपालीहरूको माग वृद्धि गरेको छ । यस वर्ष भाषा परिक्षामा ५८ हजारले फारम भरेपनि ५० हजारले मात्र परिक्षा दिएका छन् ।

No comments:

Pages