कुवेत । मकवानपुर सुकौरा–६ का इमान स्याङ्तान कुवेतमा ३ महिनादेखि सम्पर्कबिहीन भएको उनको परिवारले बताएका छन् ।
परिवारका अनुसार उनी कुवेतमा ड्राइभर भिसामा गएको र कुवेतीको घरमा काम गर्दै आएको जानकारी गराएका थिए । तर, केही समयपछि उनले आफू घरबाट भागेर बाहिर काम गर्दै गरेको बताएका थिए र अहिले एकाएक सम्पर्कबिहीन भएका हुन् । उनको परिवारले नेपालदेखि कुवेतका नेपाली संघ–संस्थालाई खोजि गरिदिन आग्रह गरेका छन् ।
No comments:
Post a Comment