6/13/2011

घरेलु कामदार पठाउन ९ बुँदे मापदण्ड

काठमाडौँ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयले घरेलु कामदारका रूपमा विदेश जाने नेपाली कामदारहरूको हकमा नौ बुँदे मापदण्ड तोकेको छ ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले घरेलु कामदारका रूपमा विदेश जाने नेपाली कामदारलाई व्यवस्थित गर्ने कार्यविधि, २०६७ मा यस्तो व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।
कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कुबेतमा जाने कामदारको हकमा यस्तो मापदण्ड तोकिएको हो । यसरी तोकिएका मापदण्डहरूमा न्यूनतम तलब, बीमाको व्यवस्था, घरेलु कामदार राख्ने व्यक्तिको आर्थिक मापदण्ड, कामदार बस्ने सुरक्षित बासस्थानको व्यवस्था, कामदार माग गर्ने व्यक्तिको सामाजिक आधार, सम्बन्धित निकायले प्रदान गरेको घरेलु कामदार राख्ने स्वीकृति वा सहमतिपत्र, सुरक्षित प्रत्याभूति, दूतावास र घर परिवारसँग नियमित सञ्चार सम्पर्क र दूतावासले उपयुक्त ठानेका अन्य कुराहरू रहेका छन् । सो अवसरमा प्रवक्ता भट्टराईले वैदेशिक रोजगार नियमावलीमा पहिलो संशोधन गरी सो रोजगारीमा गएर मृत्यु भएका कामदारले पाउने राहत र क्षतिपूर्तिको रकम बढाइ रु एक लाख ५० हजार पु¥याइएको, एक हजारभन्दा बढी महिला कामदार भएका मुलुकमा महिला श्रम सहचरी तोकिने व्यवस्था गरी महिला श्रम सहचरीका सम्बन्धमा स्पष्ट मापदण्ड तोकिएको जानकारी दिनुभयो ।
त्यस्तै, म्यानपावर कम्पनीका शाखा र एजेन्टलाई पनि कानुनी दायराभित्र ल्याइ म्यानपावर कम्पनीलाई शाखा खोल्न र एजेण्ट राख्नका लागि समेत थप धरौटी राख्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

No comments:

Pages