6/13/2011

साउदीमा नेपालीहरूको हविगत

नेपालगञ्जका नवीन बुढाथोकी यतिखेर प्रहरी कब्जामा छन् । नेपाल पैसा पठाउँन जाँदा पक्राउ परेका नवीनले कुनै अपराध गरेका भने हैनन् र अवैधानिक तवरले काम गर्दै आएका पनि हैनन् ।
साउदीमा केएफसीको नाममा धेरै नेपाली भित्रिएका छन् । कुखुराको मासु र सान्डविच बेच्ने रेष्टुरेण्ट हो यो, जुन विश्वमै लोकप्रिय बन्दै गएको छ । साउदीमा यो रेष्टुरेण्ट र अर्का हार्डिज, क्रिस्पी क्रिम, टीजीआइ फ्रयडेज आदिलाई आलअहालिया कम्पनीले चलाउँदै आएको छ । अमेरिकाना कम्पनी नाममा चलाईका यी रेण्टुरेण्ट कामदारका लागि भने ‘अमेरिकाना’ एक छेडपेच हान्ने शब्द बनेको छ । केएफसीको नाममा साउदी छिरेका र केएफसीबाट हार्डिजमा सारिएका नवीनको नाम अमेरिकाना कम्पनीको नामसित जोडिएर आएर पनि एक व्यंग्य हुन पुगेको छ । तर, यसको पूर्ण दोष न आलअहालिया कम्पनीलाई जान्छ न अमेरिकानालाई । दोष जान्छ GBN अर्थात Gibal Narjan लाई ।
काठमाण्डौं लाजिम्पाटस्थित शिखर म्यानपावरबाट करिब एघार महिना पहिले साउदी छिरेका एक नेपालीको हविगत हो यो । र यो दुर्भाग्यको शुरूवात भएको छ उनका सबै साथीहरूको लागि पनि । सयौंको संख्यामा  न्द्यल् कम्पनीले शिखर म्यानपावर हुँदै साउदीको जेद्दा पुयाएका नेपाली कामदारहरू काम र दामदेखि असन्तुष्ट भएर केएफसीको काम छाडि एकाएक भाग्न थालेपछि बाँकीले आशा गरेका थिए यो क्रमलाई रोक्न न्द्यल् ले तलव बढाइदिन्छ कि भन्ने । तर भइदियो नसोचेको कुरा । बाँकी रहेकाहरू भाग्न नसकून भन्ने हेतुले तिनको इर्कामा कार्ड पो  खोसियो । इर्कामा कार्ड एक मात्र विदेशी कामदारको वैधानिकता अवैधानिकता छुट्याउने डकुमेन्ट हो, जुन पासपोर्टको सट्टा दिइन्छ । केएफसी कामदार या क्र्यू मेम्बर हुनुपर्नेमा लेबर हुन पुगेको कारण यसलाई सच्याउनुपर्ने भयो भन्दै इर्कामा खोसिएको थियो । र यसको सट्टामा अरबीमा लेखिएको एक कागज दिइएको थियो । तर इर्कामा सच्याउनलाई हैन खोसिएको हो भन्ने ज्ञान सबैलाई भइसकेको थियो त्यतिखेरै । अझैं पनि रोक्किएन भाग्ने क्रम तिनको । इजिप्सियन, जसलाई त्यहाँ माहसिर भन्दछन्, हरूको यर्ला सुरा (छिटो—छिटो ), सेलरी कम, उस्तै केएफसीको दिमाग खाने नियम र ‘स्ट्यान्डर्ड र अति न्युन तलव । सबै एकसाथ समस्या भएर नेपालीहरूको ढाड सेक्न थालेपछि तिनको मनले एक मात्र बाटो देखाएको थियो— भाग्ने । GBN ले अब दोस्रो कदम के चाल्छ भनेर सबैजनाले पर्खेका थिए । २०११, मार्च महिनाको ६ तारिखका दिन सबैजनालाई एक रात्री बसमा चढइयो र दमाम नामको दश बाह्र घण्टा टाढाको शहरमा सारियो एक्कासी । र यसो गर्नुको कारणमा भनियो— ‘तिमीहरूलाई जेद्दामा राम्रो व्यवहार गरिएन भन्ने सुनेर यहाँ सार्नु परेको’ । त्यसो त केएफसीले जेद्दामा पटक्कै चित्त बुझ्दो व्यवहार गरेको थिएन । आएको हप्ता दिनसम्म ओढ्ने ओछ्याउने नदिने, खाने कुराको प्रबन्ध नमिलाउने, निश्चित समयभन्दा बढी काममा पेलाउने, ओभरटाइम नदिने जस्ता केएफसी—व्यवहार सह्य हुन सक्दैन ।
करिब चालीसको संख्यामा दमाम पुयाइएका नेपालीहरूको फेरि केएफसी जीवन सुरु भएको थियो । जेद्दामा हेरि दमाम केही असल भएको अनुभव गर्दै थिए ती । अब सन्त्रासको जीवन शुरु भएको छ । पुलिसले आफ्नो कारवाही कडाइका साथ अघि बढाएको छ । यता निर्दोष नेपालीहरू आफ्नो इर्कामा कम्पनीको हातमा सुम्पेर अशुरक्षित बाँच्न थालेका छन् । नवीन यही कथाका एक पात्र हुन् । यहीँ जुन— ५ तारिख, आइतवार वेलुकी आफूसित इर्कामा नभएको कारण साथीको इर्कामाबाट पैसा पठाउन भनि साथीसित दमामको सिको नामक बजार पुगेका नवीन अचानक पुलिसको हातमा परेका हुन् । त्यहाँ न्द्यल् ले इर्कामाको सट्टामा दिएको कागजले कुनै काम गरेन । र एकहप्ता बितिसक्दा पनि उक्त कम्पनीले उनलाई पुलिसको हातबाट छुटाउन सकेको छैन । वा छुटाउने पहल नै गरेको छैन उनका साथीहरू अनजान छन् । छुटाउन त पर्छ नै कुनै निश्चित रकम बुझाएर । तर के त्यो रकम नवीनकै तलवबाट काटियो भने ? यहाँ जसले जे गरे पनि रोक्ने र केही गर्न सक्ने ठाउँ केही छैन । ती यसै भन्न थालेका छन् ।
पञ्च विस्मृत

No comments:

Pages