बैदेशिक रोजगारीका लागि आर्कषक गन्तब्य मानिएको जापानमा रोजगारी अबसर खोज्न सरकार उदासिन रहेको रोजगार ब्यबसायीहरुले गुनासो गरेका छन् ।
प्रशिक्षार्थी कामदार प्रणाली अन्तर्गत नेपालबाट औद्योगिक प्रशिक्षार्थी कामदार लैजान नेपाल र जापानवीच सम्झौता भएको आठ बर्षको अबधिमा जम्मा ६७ नेपाली कामदार जापान पुगेका छन् । तर त्यसपछि सम्झौता भएको कोरियाको इपिएस प्रणालीबाट आठ हजारभन्दा बढी नेपाली कोरिया पुगेका छन् ।जापानको रोजगार बजारमा नेपाली कामदारबारे सरकारले प्रर्बद्धन गर्न नसकेकाले माग पर्याप्त माग आउन नसकेको वैदेशिक रोजगार ब्यबसायी संघका पूर्व अध्यक्ष एलपी साँवा लिम्बु बताउनुहुन्छ । जापानमा गएर मार्केटिङ गर्न निकै महंगो भएकाले ब्यबसायी आफैंले प्रर्बद्धन गर्दा जिट्काले तोकेको लागतमा पठाउन नसकिने रोजगार ब्यबसायीहरु बताउँछन् । सुरुमा नेपाल उद्योग बाणिज्य महासंघलाई प्रशिक्षार्थी कामदार पठाउने अधिकार दिएको भएपनि प्रगति हुन नसक्दा म्यानपावर ब्यबसायीलाई पनि दिइएको थियो । हाल जिट्को अन्र्तगत नेपाली कामदार पठाउन नेपालका १ सय ७१ म्यानपावर सूचिकृत भएका छन् । अहिलेसम्म महासंघले ३० जना र ब्यबसायीले ३७ जना गरि जम्मा ६७ नेपाली कामदारमात्र जापान पठाइएको छ ।
तर, जापानबाट नेपाली कामदारको माग नै नआएको भने हैन् । सूचीकृत कम्पनीहरुले पछिल्लो डेढ बर्षको अबधिमा ९ सय दुई जनाको माग ल्याएका छन् । तर माग ल्याएको लामो समयसम्म पनि नेपाली कामदार जापान जान सकेका छैनन् । माग आएर पनि किन नेपाली कामदार जापान जान सकेका छैनन् भन्ने बिषयमा सरकार र म्यानपावर ब्यबसायीवीच आरोप प्रत्यारोप भइरहेको छ । ब्यबसायीहरुले नेपालस्थित जापानी राजदूतावास, श्रम बिभागल लगायतका निकायले मागपत्र प्रमाणिकरणका लागि महिनौं समय लगाइदिने गरेको आरोप लगाउँछन् । माग आएको लामो समयसम्म पनि कामदार पठाउन नसक्दा उनीहरुको महंगो ब्याजको रकम म्यानपावरमा अड्कीएर बसेको छ ।
जापानमा चिनियाँ कामदारको घट्दो संख्यासँगै सस्तो मूल्यका बिदेशी कामदारको अभाव भइरहेको छ । चिनियाँ कामदारलाई प्रतिस्थापन गर्न पनि नेपाली कामदारको सम्भावना उच्च रहेको जिट्कोले जनाएको छ । कामदारको माग ल्याएर पनि पठाउन नसक्नुमा म्यानपावरहरुलाई जापानी भाषा र प्रकृयाबारे जानकारी नहुनु मुख्य रहेको भन्दै जिट्कोले नेपाली म्यानपावर कम्पनीलाई सघाउन बिज्ञ स्वयंसेवक पठाउन लागेको छ । नेपाल सरकार र म्यानपावर कम्पनीले गम्भीरताका साथ काम गरेमा बर्षमा २० हजारसम्म नेपाली कामदार प्रशिक्षार्थीका रुपमा जापान लैजान सकिने जिट्कोले नेपाल सरकारका अधिकारीहरुलाई आश्वासन दिंदै आएको छ ।
तर, जापानको श्रम बजारमा नेपाली कामदारबारे प्रचार प्रसार गर्न नेपाल सरकारको प्रतिनिधि मानिने नेपाली राजदूतावासले कुनै पहल नगरेको महासंघका पूर्व अध्यक्ष लिम्बु बताउनुहुन्छ । नेपाली राजदूतावासले पर्याप्त पहल गरिदिएको खण्डमा पनि माग धेरै आउने लिम्बुको बिश्वास छ । जापानमा नेपाली कामदारबारे प्रचार प्रसार गर्न नेपाली म्यानपावर ब्यबसायीहरुले रोजगार मेला गर्न एक बर्षदेखि तयारी गरिरहे पनि अहिलेसम्म मूर्तरुप लिन सकेको छैन् ।
No comments:
Post a Comment