सोल । अत्याधिक माधक पदार्थ सेवनका कारण कोरियाको दोङदुचनस्थित जिन्स कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।
१० महिनाअघि ईपिस मार्फत आएका पर्वत तिलहार–४ का ३४ बर्षीय बिष्णुबहादुर केसी्को मृत्यु भएको हो । नेपालबाट शुरूमा आउँदा उइजबुस्थित एक छाला कम्पनीमा काम गरि ५ महिना अघिदेखि उक्त कम्पनीमा काम गर्दै आएका केसीले अत्याधिक माधक पदार्थ सेवन गरेर सुतेको र विहान उनको मृत्यु भएको उनीसँगै काम गर्दै आएका होमनाथ अधिकारीले बताएका छन् । उनको शवलाई कोरियन प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको बताईएको छ ।
No comments:
Post a Comment