6/18/2011

बहराइनमा नेपाली कामदारको मृत्यु

बहराइन । वैदेशिक रोजगारीका शिलशिलामा बहराइन पुगेका एक नेपाली कामदारको कार्यस्थलमै ज्यान गएको छ ।
भोजपुर जरायोटोल– का राजकुमार कार्कीको उनी कार्यरत कम्पनीको स्किल लोडरको बकेटले च्यापिएर मृत्यु भएको हो । कार्की विगत दुई वर्षदेखि बहराइनस्थित सैयाद काद्हेम अल दुवाजी एण्ड सन्स कम्पनीमा एसी मेकानिक्स्का रूपमा कार्यरत थिए । स्किल लोडरको हाईड्रोलिङ् पाईप मर्मत गर्ने क्रममा बकेट नामक पार्टस् खसेर थिच्दा उनको मृत्यु भएको हो । २८ वर्षीय कार्कीको शव बहराइनस्थित सलमानिया अस्पतालमा राखिएको र प्रक्रिया पूरा गरी नेपाल पठाउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

No comments:

Pages