बाबुराम भुषाल
‘दाई इम्रिगेसन बन्द भएको हो पोर्चुगलको ? अव त बर्वादै हुने भइयो नि !
यस्तै चर्चा चलिरहेको छ लिस्वनमा नेपालीहरुबीच, धेरै नेपालीहरुको मनमा दुःख पलायो । इम्रिगेसन बन्द भएको समाचार आएपछि बैधानिकताको प्रकृयामा रहेका धेरै नेपालीहरुमा चासोको विषय बन्यो ।
पोर्तुगलमा भर्खरै सरकार परिवर्तन भएको छ । बेरोजगारी समस्या बढी हुदै गएकाले गर्दा र लामो समय सम्म यहाँ इम्रिगेसन प्रकृया खुला भएका कारण कर्डाई हुने सम्भाव रहे पनि अहिले सम्म बन्द भएको आधिकारिक प्रमाण छैन । २००७ जुलाईबाट इम्रिगेसन प्रकृया खुला भएको थियो यो प्रकृया निरन्तर रुपमा अहिले सम्म खुला भएको छ तर विच विचमा केही प्रकृयाका परिधिलाई परिवर्तन गरेपनि अन्तिम समयमा आफ्ना आवश्यक कागजपत्र जुटाउन सके केहि सजिलो पनि छ र यहाँको आप्रवासी निकाय सेफमा दर्ता गर्न सकिन्छ ।
पोर्तुगलमा रेसिडेन्सी कार्ड पाउनकोलागि धारा–८८, धारा–१२३ लगायत अन्य धाराहरु पनि रहेका छन् धैरै सजिलो भनेको धारा–८८ रहेको छ । यी धाराहरुमा कामको आधार, यहाँको सरकारलाई कर तिरेको आधार, काम गर्न नसकेको अवस्थाको आधार बनाएर विभाजन भएको छ । धारा–८८ को लागि सेन्जेन भिसाको पासपोर्ट ,कामको सम्झौता पत्र, फिनान्स नम्वर, सोसल सेगुरान्सा कर, नेपाल र पोर्तुगलको पुलिस रिपोर्ट, आफु बस्ने ठेगानाको प्रमाण लगायतका अन्य साधारण कागजपत्रहरु आवस्यक पर्दछ । हाल नेपालीहरुकालागि सजिलो प्रावधान यही नै रहेको छ । उक्त कागजपत्रहरु जुटाउन सके इन्टरनेटबाट पनि आवेदन भर्न सकिन्छ।
आवश्यक कागजपत्रहरु जुटाएर पनि धेरै नेपालीहरुका कागजी प्रकृयामा झन्झट भइरहेको छ ।
सेफमा आवेदन भर्ने क्रममा गलत तरिकाबाट भरेर, अवैध कामका सम्झौता पत्र बनाएर, करमा गडबडी जस्ता अवैध कार्यहरु भएमा यहाँको सरकारले विस दिन भित्रमा पोर्तुगल छाडनको लागि जानकारी दिने गर्दछ ।
किन चल्यो हल्ला ?
इम्रिगेसन बन्दको बारेमा यो हल्ला मात्र हो । यो हल्ला बेलाबेलामा नेपालीहरुबाटै उत्पन्न हुन्छ । अहिले पनि कुनै आधिकारीक निकायबाट आएको जानकारी होइन । पोर्चुगलको खुला इम्रिगेसनलाई मध्य नगर गर्दै थुप्रै दलालहरुले अफ्नो बाटो सोझ्याइरहेका छन् । कामको कन्ट्याक विक्रि गर्ने देखि फिनान्स नम्वर निकाल्दिने दलालपनि उतिकै सक्रिय छन् । त्यतिमात्र नभएर डेनमार्कको बाटो बनाएर पोर्चुगलको खुला इम्रिगेसन बताउदै मोटो रकम असुल्ने दलाल पनि कमि छैनन् ।

No comments:
Post a Comment