6/14/2011

६८ जनाको कोरिया जाने सपना चकनाचुर

कोरियामा गैर कानूनीरूपमा बसेर नेपाल फर्कि इपीएस प्रणाली अन्तर्गत पुनः कोरिया जाने रोष्टरमा सूचीकृत भएका ६८ जना नेपाली युवा कोरिया जाने सूचीबाट हटाइएका छन् ।
इपिएसअन्तर्गत सन् २०११ मा दक्षिण कोरिया जान रोस्टरमा रहेकामध्ये दुईपटक गरी ६८ जना नेपाली कामदारलाई सूचीबाट हटाएको इपिएस कोरिया शाखाले जनाएको छ ।एक महिनाअघि ३४ जना र यसै हप्ता ३४ नेपाली कामदारको नामावली रोस्टरबाट हटाइएको छ । ती नेपाली यसअघि नै दक्षिण कोरिया गई लामो समयसम्म गैरकानुनी ढंगबाट बसेको पाइएकाले रोस्टरबाट हटाइएको इपिएस कोरिया शाखाले जनाएको छ । यी कामदार कोरिया भाषा उत्तीर्ण गरी मेडिकल पनि सफल भई रोस्टरमा रहेका थिए । सन् २०११ मा भाषा परीक्षाको आवदेन फारम ४२ हजार नेपालीले भरेका थिए । त्यसमध्ये ४ हजार ९० लाई मात्र रोस्टरमा राखिएको थियो । रोस्टरबाट हटाइएका ६८ नेपालीको दक्षिण कोरियाका रोजगारदाताबाट श्रम सम्झौता आइसकेको थियो । रोस्टर र श्रम सम्झौता राख्ने काम कोरियाको श्रम मन्त्रालयले गर्ने र भिसा दिने समयमा त्यहाँको कानुन मन्त्रालयले कामदारको अवस्थाबारे जानकारी लिने बेला ती कामदार गैरकानुनी ढंगबाट बस्दै आएको पाइएको हो ।सन् २००८ मा ६ हजार ५ सय रोस्टरमा रहेकामध्ये १ सय २ कामदारलाई सूचीबाट हटाइएको थियो । रोस्टर म्याद सकिएकाले ती कामदारको नामावली सूचीबाट हटाइएको थियो । रोस्टरको म्याद दुई वर्षको हुनेछ, त्यसअवधि भित्र कोरिया गइसक्नुपर्छ । २००८ मा रोस्टरमा रहेका कोरिया पुगिसकेका छन् । २०११ मा रोस्टरमा रहेकामध्ये ३ हजार कामदारको श्रम सम्झौता आइसकेको छ । त्यसमध्ये २ हजार ८ सय नेपाली कोरिया पुगिसकेका छन् । बाँकी कामदारको पनि श्रम सम्झौता र भिसा आउने क्रममा छ ।तेस्रोपटक कोरिया भाषा परीक्षाका लागि साढे ५७ हजार युवायुवतीले फारम भरेका छन् । भाषा परीक्षा भदौ ६ र ७ गते हुनेछ । कोरियाले यो वर्ष ७ हजार १ सय नेपाली कामदार लिने घोषणा गरेको छ । ईपीएसअन्तर्गत ९ हजार ५ सय कामदार कोरिया पुगिसकेका छन् ।True Grit (Blu-ray/DVD Combo + Digital Copy)

No comments:

Pages