एनआरएनको मुखिया बन्न तम्सिएकाहरूको दौडधुप सुरु हुन थालिसकेको छ । आगामी नेतृत्व हत्याउने दाउमा वर्तमान अध्यक्ष देवमान हिराचन र जीवा लामिछाने मैदानमा उत्रने तयारी गरिरहेका छन् ।
अझ यिनले त एनआरएनको नाम बेचेर नेपाल उद्योग वाणिज्य महासंघका मानव तस्करहरूसँगको साँठगाँठमा जापान रोजगारीका नाममा ठगिरहेका छन् । दलालहरू जापान रोजगारीको काम गर्ने मेनपावर कम्पनीको ढोका–ढोका चहारेर जापानको डिमाण्ड ल्याईदिने आश देखाउन पुग्छन् । हिराचनको नाम सुनेपछि म्यानपावरका मालिकहरू पनि मख्ख पर्दे यो एनआरएनको अध्यक्ष भनेको सुनको मृग नै हो भन्ठान्छन् तर जब अन्त्यमा मारीचीको मायावी जालमा राम फसेजस्तै फस्छन् अनि उनीहरूको पनि चाला पनि ‘हा सिते हा सिते...’ भन्दै भौँतारीनु बाहेक केही हुँदैन ।
हिराचन कोईली हुन जो कागको फुल चोरेर आफ्नो बच्चा हुर्काउँछ । अध्यक्ष पदलाई मानव ओसार–पसारको लाइसेन्स बनाएका हिराचनलाई अब नेतृत्व होइन घोक्रेठ्याक लगाउनु पर्छ ।
त्यस्तै, अर्का दावेदार जीवा लामिछाने ताक परे तिवारी नत्र गोतामे । यिनी जुन ठाँउमा रातारात ठुलो हात लाग्छ त्यही ठाउँमा पैसाको बिटो खन्याउने धुरन्धर व्यापारी हुन् । काला व्यापारीको कालो धनलाई सेतो बनाउने ठेकेदारी लिएर मुलुकमा व्यापार गर्ने र त्यसलाई एनआरएनको लागि भन्दै झ्याली पिटेर जनतालाई भुसा थैलीमा हालिरहेका लामिछानेले । उनलाई बलेको आगो कसरी ताप्नुपर्छ भन्ने राम्रोसँग थाहा छ । महिनैपिच्छे करोडौं कमाइरहेको कान्तिपुरमा यिनले पैसा खन्याए नामुद काला व्यापारीहरूको पैसामा सानीमा विकास बैंक खोले र एनआरएनको बैक भनेर ढोल पिटाए । ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा घन्काएर त्यही कालो पैसा लगानी गरे र एनआरएनले जलस्रोतमा पनि लगानी गयो भनेर भ्रम फैलाए ।
अब एनआरएन यिनै दुईमध्ये एकले हाँक्ने भएका छन् । यस्ताले हाँकेको एनआरएन अब कतातिर मोडिने होला त ?
लामिछानेको घोषणा
एनआरएनका केन्द्रीय उपाध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने पाचौं अन्तर्राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
वर्तमान अध्यक्ष देवमान हिराचनले पुनः अध्यक्षमा लढ्ने घोषाण गरेपछि लामिछानेले पनि उम्मेदवारी दिने मनस्थिति बनाएको बताए ।
हिराचनले अर्को कार्यकाल पनि अध्यक्ष दावीप्रति लामिछानेले भने– त्यो उहांको ब्यक्तिगत विचार हो । उम्मेद्धवार वन्ने अधिकार सबैलाई छ तर पनि एनआरएनमा हालसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने परम्परा रहेकोले उहाँबाट सो परम्परा कायम रहनेमा म आसावादी छु । हिराचनले सुरुमा नै एक कार्यकालका लागि मात्र अध्यक्ष रहने वचनवद्धता गरेको जनाउँदै उनले त्यहि अनुसार तयारी गरिरहेको बताए ।
नया नेतृत्व चयनको प्रकृयाबारे भने अन्तिम समयसम्म पनि सर्वसम्मतिको प्रयास जारी राख्ने बताउँदै लानिछानेले भने– अध्यक्ष हिराचनबाट पुनः उम्मेदवारी नदिई सहमतिको लागि मार्ग प्रशस्त हुनेछ भन्ने आशा गरेको छु ।

No comments:
Post a Comment