ध्रुव पौडेल
बेइजिङ । चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा बिरामी अवस्थामा अलपत्र परी ‘ओभरस्टे’ गरेका एक नेपालीको उद्धार गरी १२ दिनपछि नेपाल पठाउन लागिएको छ ।
पोखरा रामबजार घर भएका सुरज कार्कीलाई यहाँस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली सङ्घ एनआरएन चीनले उद्धार गरी नेपाल पठाउने व्यावस्था मिलाएको छ ।बेइजिङ । चीनको दक्षिणी व्यापारिक सहर क्वाङ्चौमा बिरामी अवस्थामा अलपत्र परी ‘ओभरस्टे’ गरेका एक नेपालीको उद्धार गरी १२ दिनपछि नेपाल पठाउन लागिएको छ ।
अध्ययनका लागि दुई वर्षअघि जापान गएका कार्की दुई महिनाअघि त्यहाँ गएको सुनामीका कारण मानसिकरुपमा अस्वस्थ थिए । अस्वस्थताकै कारण अध्ययन र काममा जान नसक्ने भएपछि उनी १२ दिनअगाडि जापानको नागोयाबाट चीनको साङ्घाई, क्वाङ्चौ हुँदै काठमाडौँका लागि उडेका थिए । क्वाङ्चौबाट काठमाडौँतर्फ उड्नुभन्दा केही घन्टाअघि उनको भीसाको म्याद सकिएपछि ‘ओभरस्टे’का कारण उनी विमानस्थलमै अलपत्र परेका थिए ।
पाँच दिनसम्म विमानस्थलमै अलपत्र परेका कार्कीको उद्धारका लागि चाइना साउदर्न एअरलाइन्सले यहाँस्थित नेपाली दूतावासलाई गुहारेको थियो । एनआरएन चीनका अध्यक्ष सुन्दर थापा र दूतावासको पहलमा सात दिनपछि विमानस्थलबाट उद्धार गरिए पनि ट्राभल डकुमेन्टको अभावमा उनलाई तत्काल नेपाल पठाउन असम्भव भएको थियो । नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरेले यहाँबाट झन्डै २५ सय किलोमीटर दक्षिणमा पर्ने क्वाङ्चौ सहर पुगी भिसा बनाउन सहयोग गर्नुभएको थियो ।
क्वाङ्चौमा भिसा अवधि सकिएका केही नेपाली पक्राउ पर्ने क्रम जारी रहेकोले उपयुक्त ट्राभल डकुमेन्ट भएका नेपालीलाई पनि अध्यागमनको विशेष निगरानीमा राखिने गरिएको छ । थापाले चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ, मकाउ र तेस्रो मुलुक पठाउने नेपालका मानव तस्करहरूले अझै पनि क्वाङ्चौलाई केन्द्रबिन्दु बनाउँदै आएकाले कार्कीको भिसा बनाउन पनि निकै कठिन भएको बताउनुभयो ।
No comments:
Post a Comment