गैरआवासीय नेपाली संघका कोषाध्यक्ष रामेश्वर शाहले आगामी अक्टोवरमा हुने पाँचौ अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय परिषदको उपाध्यक्षको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खाडीका नेपालीहरुको अवस्थाको बारेमा सुष्म ज्ञान भएका शाहको यो उम्मेदवारी मध्यपूर्वका एनआरएनहरुको प्रतिनिधित्व हुने अड्कल गरिएको छ । गत दुई बर्षको कार्यकालमा पाँचौं क्षेत्रिय सम्मेलनको सफल आयोजनाको अतिरिक्त विश्व एनआरएनएका गतिविधिमा सक्रियता जनाउँदै आएका शाहको उम्मेदवारी मुलतः खाडी राष्ट्का एनआरएनहरुको प्रतिनिधिको रुपमा लिइएको छ । तर शाह भने म आफूलाई मध्यपूर्वको प्रतिनिधत्व गर्ने भन्दा पनि आधाजसो गैरआवासीय नेपाली बसोवास गर्ने क्षेत्रको एनआरएन हुँ भन्न रुचाउँछन् । ‘संघमा कुनै क्षेत्र विशेषको प्रतिनिधित्व गर्ने व्यवस्था छैन केन्द्रिय नेतृत्व भनेको कुनै क्षेत्र विशेषको प्रतिनिधित्व गर्ने भन्दा पनि समष्टिगत सरोकारका बिषयमा काम गर्ने जिम्मेवारी हो’ उनले स्पष्ट गरे ।
No comments:
Post a Comment