7/27/2011

दूतावासका सचिवको चुनौती

तोयानाथ उपेक्षित
नेपाल कुवैत डट कम मा हिजो प्रकाशित समाचारको विषयलाई लिएर कुवैत स्थित नेपाली दुतावासका सचिबले घोर आपत्ति व्यक्त गरेका छन । उनले आफ्नो विषयमा एजेन्टहरुले लगाएको आरोप निराधार र कपोकल्पित भन्दै सचिबले भनेका छन उनीहरुले मेरो गल्ति र कमजोरी दुतावासमा आएर पेश गर्न तयार हुन पर्छ ।
मिडियामा आफ्नो विषयमा तथानाम कुरा गरेर एजेन्टहरुले आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै सचिब अगाडी भन्छन यदि प्रमाण दिन सकेनन भने यो पनि बुझ्न पर्छ कि दुतावासले कारबाही गर्न पछि पर्दैन ।  मिडियाले एजेन्टहरुले भनेकै आधारमा समाचार लेखि आफ्नो चलित्र हत्या गर्यो  ।   एजेन्टहरुको हवाला दिदै सचिबले भागेर दुतावास आएका महिलाहरुलाई अन्तै काम लगाई दिने गरेको भन्ने समाचार प्रमाणीत गर्न मेनपावर व्यवशायीलाई चुनौती दिएका छन   भने मेनपावर ब्याबसायिहरुले आफुहरु सँग पुक्त प्रमाण भएको दाबि गरेका छन ।
आफु माथि पटक पटक नियोजित रुपमा एजेन्टहरुले झुट्टा सूचना प्रवाह गर्ने गरेको आरोप पनि सचिबको छ । यसै सन्र्दमा एनआरएनए कुवैतका महासचिब सुजन केसी सँग जिज्ञासा राख्दा उनले भने बास्तविकता सवैले बोल्नै पर्छ र कमिकमजोरी जो जो बाट भएको भए पनि त्यसले आत्मासात गर्न तयार रहनु पर्छ । केसीले जोड दिदै भनेका छन मिडियालाई भर्याङ बनाएर आफु अनुकुलको कुरा गर्ने सँस्कृति अन्त्य हुन पर्छ । हामीसँग मेनपावर व्यवशायीले राखेका गुनासाहरु जायज भए दुतावासले आफ्नो कार्यशैली सुधार गर्न पर्छ र मेनपावरका व्यवशायीहरुले पनि आवेगमा आएर दुतावासका विषयमा कुरा गर्न अगाडी सोच्नु पर्ने सल्लाह केसीको थियो । मेनपावरका व्यवशायीहरुले एनआरएनए कुवेतसँग राखेका गुनासाहरु दुताबास र कुवेतबासि नेपालिहरुको सामु पनि स(प्रमाण राख्न सक्नु पर्छ अन्यथा उनिहरुपनि कारबाहिको लागि तयार रहन पर्छ ।
यसै शिलशिलामा मेनपावर व्यवशायी अर्जुन तामाङले भने दुतावासका सेल्टरमा जे जति महिलाहरु शरणार्थी भएका छन तपाईहरु गएर हेर्नुस त हामी नेपाली व्यवशायीद्धारा ल्याएका पाँच प्रतिशत पनि छैनन । विदेशी व्यवशायीलाई दुतावासले प्राथामिकतामा राखेर काम गरेको प्रमाण सेल्टरमाा नै छ नी । व्यवशायीक अस्तित्वको निम्ति लडेका नेपाली व्यवशायीलाई प्राथामिकतामा दुतावासले राख्नै पर्ने कुरामा भने कसैको विमती देखिन्न तर कुरा कहाँ मिलेको छैन भन्ने कुरा भने एनआरएनए कुवैतले खोज्नै पर्ने देखिन्छ

No comments:

Pages