7/30/2011

श्रम स्वीकृतिबारे अन्योल कायमै

दोहा– बिदामा घर गएर पुनः फर्कने कामदारले पुनः श्रम स्वीकृति लिनुपर्ने प्रावधानवारेको द्विविधा यथावत रहेको सरोकारवालाले जनाएका छन् । पुनः श्रम स्वीकृति लिनुपर्ने व्यवस्था हालका लागि स्थगित गरिएको केही समाचार श्रोतहरूले जनाएता पनि कामदार जाने देशका सम्बन्धित नियोगहरुमा कुनै पनि पचात्रार नहुँदा यसवारेको अन्योल यथावत देखिएको हो ।पुनः श्रम स्वीकृति लिनुपर्ने, रोजगार करारनामा, वीमा र स्वास्थ्य परीक्षणको प्रमाणपत्र पेश गर्नुपर्ने नियम एकाएक तजविजका भरमा लागु गरिएपछि बैदेशिक रोजगारीमा जाने कामदारले गन्तब्यतर्फको अन्तिम पाइलोमा पुगेका बखत पनि सास्ती खेप्नुपरेको थियो । सरकारी अस्पष्टताका कारण विदामा घर गएर फर्कने खाडीमा कार्यरत कामदारले झण्झट भोग्नुपरेपछि आम दवाव बढेकोले विभागले केहि लचकता अपनाउँदै श्रम स्वीकृति अनिवार्य तर रोजगार करारनामा (इम्प्वाइमेन्ट कन्ट्रयाक्ट) र स्वास्थ्य परीक्षणको प्रमाणपत्र भने बुझाउनु नपर्ने ब्यवस्था गरेको समाचार प्रकासमा आएको थियो ।
कतारस्थित नेपाली दूतावासले पनि गुनासाहरूका आधारमा आवश्यक जनाकारी माग गर्दै सम्बन्धित निकायलाई पत्राचार गरेको थियो । यद्यपि सो पत्रको कुनै पनि जवाफ आएको छैन ।
राजदूत डा. सुर्यनाथ मिश्रका अनुसार पहिलाको ब्यवस्थाकाबारेमा पनि कुनै औपचारिक जानकारी आएको थिएन र हालको नयाँ ब्यवस्थावारेमा पनि केहि परिपत्र आएको छैन । उनले भने ‘समाचारहरू फेरिइरहेको अवस्था छ तर पनि एकिन कुराको जानकारी आइसकेको छैन ।’ दूतावासमा सो सम्बन्धी जानकारीको माग ब्यापकरुपमा हुने गरेकोले अव दूतावासले पुन पत्राचार गरेर आवश्यक जानकारी माग गर्ने अवस्था आइपरेको श्रम सहचारी ध्रुव कोइरालाले बताए ।
विदामा घर गएर फर्कनेहरूलाई अध्यागमनमा कर्मचारीहरूले झण्झटिलो प्रकृयाका लागि बाध्य पारेको र कतिपयलाई यात्राको अवसर समेत नदिई फर्काइएको समाचारले देश विदेशका धेरै नेपालीको ध्यान आकृष्ट गरेको थियो । सामान्यताः एकपटक बैदेशिक रोजगारीमा गएर सम्बन्धित देशको आवास अनुमति कार्य प्राप्त गरिसकेका र विदामा घर गएकाहरूले श्रम स्वीकृतिको कागजात साथमा लिने गरेका हुँदैनन् ।
प्रत्येक पटक बिदामा नेपाल गई फर्किने क्रममा अनिवार्य श्रम स्वीकृति लिनुपर्ने ब्यवस्थाप्रति खाडीका सवै देशमा रहेका नेपालीले ब्यापक बिरोध जनाएका छन् । पुनः श्रम स्वीकृति लिने व्यवस्था हटाउने सम्बन्धमा गैर आवासिय नेपाली संघ कतार च्याप्टर(एनआरएनए–एनसीसी) ले श्रम मन्त्री मोहम्मद ईस्तियाक राईसमक्ष गत साता एक ज्ञापन पत्र पठाएको थियो ।
यसै साता कास्की आदर्श सेवा समाजले एक ज्ञापनपत्रमार्फत पुन ः श्रम स्वीकृति लिने व्यवस्था अबिलम्ब खारेज गर्न आग्रह गरेको छ ।
‘वैदेशिक रोजगारलाई सरल, सवल र चुस्त एवं पारदर्शी बनाउनुको सट्टा विदा मनाई घरबाट फर्कने नेपाली श्रमिकहरुले पनि पुनः श्रम स्वीकृति लिनु र्ने सरकारको हालैको व्यवस्था अव्यवहारिक र असान्दर्भिक मात्र नभई वैदेशिक रोजगारमा संलग्न तमाम श्रमीकहरु माथिको थप एवं खुल्ला शोषण हो र यस किसिमको निर्णयले गरिवी तथा शोषणमुक्त समाज निर्माणको ठाडो उपहास गर्नुका साथै भ्रष्टचारलाई अझ प्रशय
दिएको हाम्रो ठहर छ’ अध्यक्ष राम प्रसाद गौतम र सचिव हरि विनोद अधिकारीद्वारा संयुक्तरुपमा जारी तथा राजदूत, गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व संयोजक र गैर आवासीय नेपाली संघ कतारका अध्यक्षलाई वोधार्थ गरिएको ज्ञापनपत्रमा भनिएको छ ।
आबुधाबीबाट उमाकान्त पाण्डे ‘गाउंँले’ले जनाए अनुसार नेपाल सरकारको गत बर्ष बसेको एक मन्त्रीपरिषद बैठकले गरेको निर्णयलाई हालः आएर कडाइका साथ कार्यन्वयन गर्न लागेपछि संयुक्त अरब इमिरेट्स (यूएई)का नेपालीले त्यसको कडा विरोध गरेका छन् । त्यहाँका नेपालीले पनि विरोधका विभिन्न ज्ञापनपत्रहरू सरकारसमक्ष पठाएका छन् । ‘अत्यधिक नेपाली कार्यरत रहेको भनिने खाडी राष्ट्र साउदी अरब, कतार, कुवेत, मलेसिया तथा संयुक्त अरब इमिरेट्स (यूएई)मा कार्यरत नेपाली कामदार प्राय दुई बर्षमा कम्तिमा एक महिनाका लागि तथा अन्य कोही वार्षिक रुपमा १०÷१५ दिनका लागि मात्र बिदामा नेपाल फर्किने भएकोले मुस्किलले पाएको बिदामा श्रम अनुमती लिनुपर्ने, श्रमका लागि दुई चार दिन झुलाउने पारीपाटी प्रति खाडीमा कार्यरत नेपालीले विरोध जनाएका हुन् ।
–दिपक पौडेल

No comments:

Pages