7/30/2011

सुखद छैन लेबनान

होम कार्की
केराबारी भोजपुरकी ३५ वर्षीया योगमाया खत्री लेबनान आइपुगेको तीन वर्ष पुरा हुँदै छ । यो तीन वर्ष उनको जीवनकै सबैभन्दा कष्टकर समय बन्यो । दुई-दुई वर्ष फरकमा जन्मिएका ६ जना बच्चालाई श्रीमान्को जिम्मा लगाई घर छाडेकी खत्रीले लेबनान आउँदा सजाएका सपनाहरू पूरा गर्न त सकेकी छैनन् बरु थप समस्याहरूसँग जुधिरहेकी छन् ।
लेबनान यतिविघ्न निष्ठुरी होला भन्ने सोचेकी पनि थिइनँ, उनको भोगाइ थियो( पसिनाको मूल्य त पाइनँ, ठीकै छ । तर, आफ्ना श्रीमान्को काजकिरिया गर्न जान्छु भन्दा पनि घर फिर्न पाइएन । यो जस्तो चोट मान्छेको जीवनमा अरू के हुन सक्छ र ? योगमायाको पहिलो लक्ष्य जतिसक्दो छिटो घर गएर श्रीमान्को काजकिरिया गर्नु छ । ुयता आएको ६ महिनामै घाँस काट्न जाँदा रूखबाट लड्नुभएछ । त्यसको केही महिनापछि मृत्यु भएको खबर पाएँु, उनले सुनाइन्, ुथाहा पाएलगत्तै घरमालिकलाई भनेर घर जान अफिस ९एजेन्सी० आइयो । उसले नेपाल नपठाई अरू नै घरमा काम गर्न पठायो ।
तीन वर्षमा झन्डै आधा दर्जनजति घरमा काम गरे पनि दुई हजार डलरजति मात्र उनका हातमा परेको छ । त्यो पनि सबै घर पुगेको छैन । उनलाई घर फिराउन र बाँकी तलब दिलाउन कारितास लेबनान उनका पक्षमा लडिरहेको छ । कहिले घर जाऊँ जस्तो भएको छु, कारितासको सेल्टरमा भेटिएकी खत्रीले भनिन् । घरको काम  मा जाने नेपाली महिलाका लागि लेबनान प्रमुख गन्तव्य हो तर आकर्षक कमाइ भन्दै यता छिर्ने महिला कामदारले लेबनानको वास्तविकता आएपछि मात्रै भोगेका छन् । ुयहाँ अरू हाउसमेडबाहेक अरू भिसामा आउने त चान्सै छैनु, ६ वर्षदेखि लेबनानमा काम गर्दै आइरहेकी सुनसरीकी चन्द्रा राईले भनिन् ।
लेबनानका महिला कामदार
लेबनानी श्रम मन्त्रालयका अनुसार त्यहाँ विदेशी कामदार पठाउने मुलुकमध्येमा नेपाल पाँचौंमा पर्छ । सबैभन्दा बढी इथियोपिया ९२५ हजार०, फिलिपिन्स ९१७ हजार०, बंगलादेश ९१२ हजार०, श्रीलंका ९नौ हजार०, नेपाल ९८ हजार०, माडागास्कर ९तीन हजार० र अन्य देशका ९तीन हजार० हाउसमेड कामदार त्यहाँ कार्यरत छन् । नेपालसहित फिलिपिन्स, इथियोपिया र माडागास्करले आफ्ना नागरिकको सुरक्षाको कमी र शोषण बढेको भन्दै लेबनान जान महिलालाई रोक लगाएका छन् । तर हरेक दिनजसो स्वदेशी र विदेशी विमानस्थलबाट लेबनान जाने नेपाली महिलाको संख्यामा कमी आएको छैन ।
लेबनानी श्रम मन्त्रालयका अनुसार सरकारले रोक लगाए पनि सन् २०१० मा मात्रै ३ हजार ८ सय ९५ जना नयाँ नेपाली कामदार भित्रिएका छन् । ती महिलालाई लेबनानमै इजाजत प्राप्त पाँच सय एजेन्सीले नेपालका एजेन्टमार्फत् ल्याएका हुन् । एजेन्सीहरूले नेपालका स्थानीय एजेन्टलाई ुआकर्षक कमिसनु दिने हुँदा गाउँगाउँमा पुगेर बढीजसो अशिक्षित, विपन्न परिवारका महिलालाई लेबनान जान उनीहरू प्रोत्साहन गर्छन् । लेबनानी घरमालिकले एक महिला ल्याउन २५ सयदेखि तीन हजार डलरसम्म खर्च गर्ने गरेका छन् जसमध्ये एजेन्सीले स्थानीय एजेन्टलाई एक महिला पठाएबापत सात सय डलरसम्म कमिसन दिन्छ । काम गर्न जाने महिलासँग पनि सकेसम्म पैसा असुल गरिन्छ । हाउसमेड भिसामा महिला आउन पैसा पर्दैनरहेछ । यहाँ आएपछि मात्रै थाहा पाएँ, भोजपुरकी सुनिता योञ्जनले भनिन्, तर हामीलाई पैसा लिएर पठायो ।काठमाडौंको सुनधारा, गौशाला, बसन्धुरालगायत स्थानमा महिला कामदारलाई पठाउने एजेन्सीमार्फत आएको उनीहरूले बताए । त्यसरी जाने महिलाले ३ सय देखि ७ सय डलरसम्म एजेन्सीलाई तिर्ने गरेका रहेछन् । मालिकहरूले महिला कामदारको फोटो हेरेर छान्ने गरेका छन् । ुबन्दले कामदारप्रति हुने शोषण र असुरक्षा रोक्दैनु, कारितासकी हसना भन्छिन्, ुयसले झन् महिलाको अवैध रूपमा ओसारप्रसार गर्न सघाउ पुर्‍याएको छ ।
उनीहरूका अनुभवमा बन्दले नयाँ मार्ग विकास गर्नुको साथै श्रम सम्झौता, श्रम स्वीकृति, ट्राभल डकुमेन्टलगायत आवश्यक कागजपत्र सबै नक्कली बनाउने चलन व्यापक बढेको छ । यसले गर्दा म्यानपावरले सही सूचना नदिने, कामदारले गर्नुपर्ने काम नसिकाउने र समस्या परे कानुनी रूपमा लड्न नसक्ने स्थिति छ ।
भाग्ने प्रवृत्ति
लेबनानको अध्यागमन विभागले हाउसमेडको दायित्व र अधिकारका विषयमा ८ वटा सर्त स्पष्ट रूपमा तोकेको छ जसअनुसार लेबनानी कानुन र नियमलाई मान्नुपर्ने, जुन घरमा काम गर्ने हो उसको परिवारका सबै सदस्यलाई आदर गर्नुपर्ने, कामप्रति पूर्ण प्रतिबद्ध हुनुपर्ने, परिवार र उसको जीवनयापन स्वीकार गर्नुपर्ने, श्रम करार अवधिभर परिवारको अनुमतिबिना बाहिर जान नपाउने, लेबनानी र विदेशीसँग विवाह गर्न नपाइने, घरको सामानको सुरक्षा र पारिवारिक गोप्यता कायम गर्नुपर्ने उल्लेख छ । काम गर्न जानेलाई एजेन्टले तलब र सुविधाका विषयमा जानकारी दिने यी कानुन विषयमा स्पष्ट नबताइदिँदा झन् समस्या निस्कने गरेको छ । नेपालमा भनेको र लेबनानमा भोगेको अवस्था फरक पर्दा घर छाडेर बाहिर बस्ने हाउसमेडहरूको संख्या बढिरहेको छ ।
रोजगारदाताले पनि कामदारप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा नगर्नाले समस्या बढ्नमा सघाउ पुर्‍याएको छ । रोजगारदातामा आफूले किनेर ल्याएकाले जति समयसम्म पनि काम लगाउन पाउनुपर्ने सोचाइ छ,ु कारितासकी निभिना ओउनले भनिन्, ुजसले गर्दा हाउसमेडहरू घरबाट कतिखेर छुटकारा पाउने भन्नेमा हुन्छन् ।
घरमालिकबाट हुने गरेको दासको जस्तो व्यवहार, जबरजस्ती काममा लगाउने, चरम श्रमशोषण, मानसिक यातना सहन नसकेर महिला घर छाडेर भाग्ने गरेका छन् । घरबाट बल्लबल्ल महिनामा एकपटक फोन आउँथ्यो । कुराकानी गर्नै दिँदैनथेु, काभ्रेकी रोजिना तामाङले भनिन्, सहन सक्ने सीमा नाघेपछि भाग्नुपर्‍यो ।लेबनानको श्रम मन्त्रालयका अनुसार गत डिसेम्बरसम्ममा एक लाख ८८ हजार घरेलु कामदारलाई हाउसमेड भिसा जारी गरिएको छ । त्यसमध्ये अधिकांशबिना रोजगार सम्झौता आएका छन् । आवासीय परिचयपत्रबिना बस्ने कामदारहरू पनि बढिरहेका छन् । त्यस्ता कामदारहरू झन्डै ९० हजार रहेको हुन सक्ने आप्रवासी कामदारको अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूको अनुमान छ ।
हाउसमेडहरू आएको पहिलो महिनादेखि भाग्नुपरेको स्थिति छ । काम मात्रै लगाउने तर पैसा भने नदिने, लमजुङकी २१ वषर्ीया सोनु तामाङले भनिन्, टिक्न निकै गाह्रो भएपछि घरै छाडिदिएँ । उनले तीन महिनामै घर छाडेर हिँडेकी हुन् । बाटामा घरमालिक्नीले सोनु भन्दै पाखुरा च्याप्प समात्छे, तीन वर्षअघि लेबनान पुगेकी तामाङले भनिन्, म सोनु होइन भन्दै फुत्किने गरेको छु ।
घरबाट बाहिर जान नदिने उनलाई एकपटक नेपालीसँग बोल्न पाउँदा निकै आनन्द लागेको थियो । घरभित्रको काम एउटा जेलजस्तो हुँदोरहेछु, उनले भनिन्, यस्तो हुन्छ भन्ने जानकारी भएको भए कहिल्यै आउँदिनथँ ।गैरआवासीय नेपाली संघ लेबनानका अनुसार त्यसरी भाग्ने नेपाली महिला झन्डै एक हजार जना पुगिसकेका छन् । बाटामा जति महिला खुला रूपमा भेटिन्छन् । सबै भागेर बाहिर आएका दिदीबहिनी हुन्, उपाध्यक्ष टेकराज नेङलेखु लिम्बुले भने, ुभाग्ने प्रवृत्तिले झन् समस्या ल्याएका छन् ।
गैरकानुनी रूपमा बसेका महिलाहरू घरबाट भाग्नु ुबाध्यताजन्य विकल्पु भएको उनी बताउँछन् । एउटा रोटी मात्रै खान दिने कामचाहिं गरिरहनुपर्ने, काभ्रेकी उर्मिला राईले भनिन्, नखाई कसरी काम गर्न सकिन्छ रु मौका छोपेर बार्दलीबाट हाम फालेर भागेँ ।त्यसरी भागेका महिलाहरू जतिखेर पनि प्रहरीबाट समातिने हुँदा बच्दै काम गरिरहेका छन् । ुजतिखेर पनि पक्राउ हुने हो कि भनेर डर हुँदोरहेछु, काठमाडौंकी कुसुम श्रेष्ठ भन्छिन्, डरैडरमा बस्नुपर्ने ।
लेबनानस्थित अवैतनिक महावाणिज्य दूतावासका स्वयंसेवी दीपेन्द्र उप्रेतीका अनुसार हरेक दिनजसो तीनरचार जना महिला भाग्ने गरेका छन् । सम्पर्कमा आएका दिदीबहिनीलाई नभाग्नु भनेर भन्छौ, उनले भने, भागेर बाहिर आइसकेपछिको समस्या झन् डरलाग्दो छ ।
उनीहरूले अस्पतालमै उपचारसमेत नपाउने र पैसा पठाउनसमेत गाह्रो छ । अझ भागिसकेपछि सहज रूपमा घर फर्किने अवस्था छैन् । ुचार वर्ष भइसक्यो यता आएको । छोराछोरीको मायाले कहिले घर फिरौं जस्तो भएको छु, धरानकी माया राईले भनिन, के गर्नु परिबन्दमा परियो । घरबाट बाहिर आएर चिनजानको महिला साथी नभेटिए महिलाहरू असुरक्षित हुने गरेका छन् । भागेका कामदारहरू छुट्टै कोठा लिई समूह बनाई बस्ने गरेका छन् । एक जना मात्रै बस्ने स्थिति छैन, धनगढीकी जुमना विश्वकर्माले भनिन्, हामी एक कोठामा पाँच जना बसिरहेका छौं ।गैरकानुनी रूपमा काम गर्ने महिलाहरू प्रिmल्यान्सारु को रूपमा काम गरिहेका छन् । पैसा राम्रो कमाउन सकिने हुँदा प्रहरीबाट पक्राउ नपरिन्जेलसम्म उनीहरूको अवस्था राम्रै हुन्छ । भागिसकेपछि घर खोजेर प्रतिघन्टा पाँच डलरको हिसाबले काम गर्छौुं, कपिलवस्तुकी कोपिला विश्वकर्माले भनिन्, धेरै घरमा काम गर्न पाइएमा राम्रो कमाइ छ ।ु तर गैरकानुनी रूपमा बसेका बेला समातिए जेल जानुपर्छ । अध्यागमनलाई निश्चित जरिवाना तिर्नुपर्छ भने घरमालिकले उजुरी नहालिदिए स्वदेश जान पाइन्छु, उप्रेतीले भने, तर धेरैजसोले चोरी आरोप लगाइदिने हुँदा जेल बसेका धेरै छन् । लेबनानको त्रिपोलीस्थित जेलमा घर छाडेर भागेका तीन जना महिला चोरी केसमा थुनिएका छन् ।
गैरकानुनी कामदारको जिम्मेवारी लिनु नपर्ने हुँदा रोजगारदाताहरू भने अलि बढी ज्याला दिन तयार हुन्छन् । स्कुल, क्लिनर कम्पनीहरूले बढीजसो यस्ता कामदार लगाउने गरेका छन् । कानुनी रूपमा ुफ्रिल्यान्सरु हुन निकै खर्चिलो हुन्छ । लेबनानीहरूले आफू ग्यारेन्टी बसेर भिसा निकालिदिने गरेका छन् । त्यसबापत बेलाबेला स्पोन्सरवालाका घरमा काम गरिदिनुपर्छ हप्ता र महिना । कसैले दुई सय तीन सय डलर पनि लिन्छन् ।
साथी बनाएर बस्ने चलन
इटहरीका ३३ वर्षे राजन र कैलालीका सीता ९दुवैको नाम परिवर्तन० लेबनानमा रुम पार्टनर हुन् । राजन एक कम्पनीमा काम गर्छन् भने सीता गैरकानुनी रूपमा घरमा काम गर्छिन् । राजनको भन्दा राम्रो कमाइ सीताको छ । ुहामी दुवै नेपालमा विवाहित हौं । नेपालमा हाम्रो आआफ्नै परिवार छ । यहाँ बाध्यताले सँगै बसिरहेका छौुं, सीताले भनिन् । आफ्नो कमाइ बचाउन सँगै बस्दै आएको बताउने उनीहरू यो सम्बन्ध लेबनान रहुन्जेलसम्म मात्र हो भन्छन् । ुमहिलालाई झन् समस्या छ । एक्लै हिँड्न गाह्रो छ । बरु एक जना पुरुषका साथमा बस्योु, उनी भन्छिन्, बदनाम भएर हिँड्नुभन्दा एक जनासँग बस्दा ढुक्क त होइन्छ ।
उनीहरूले आफूले कमाएको सबै पैसा घरमा पठाइरहेका छन् । दुवै जनाको तलब एकै ठाउँमा राख्छौं । खर्चको हिसाबकिताब हुन्छ ।, राजनले भने, ुसबै पैसा नियमित घर पठाइन्छ । सीताको भोगाइमा यो रहर नभई बाध्यता हो । यसरी बस्ने यहाँ अरू पनि भेटिन्छन् । तर यसरी बस्दा पनि कतिपय महिला गर्भवती भएर समस्यामा पर्छन् । यसैगरी केहीले विदेशीसँग पनि बिहे गरेका छन् । एक जना बहिनी सिरियालीसँग विवाह गरेर सिरिया पुगेको खबर आएको थियो । गैरआवासीय नेपाली संघ, लेबनानका अध्यक्ष डिल्ली निरौलाले भने, उद्धार खोजेकी थिइन्, पछि सम्पर्कमै आइनन् । बाहिर बसेर काम गर्नेहरूको कमाइ भए पनि बचत भने हुमँदैन । घरभित्र बसेकाहरूले न्यूनतम एक सय ५० डलर पाउने गरेका छन् । त्यसबापत उनीहरूले खाना र बस्न पैसा तिर्नु पर्दैन । हामी लेबनानमा डलर मात्रै हेर्दारहेछौं । यहाँको महँगीबारे बेखबर छौं, पोखराकी २२ वषर्या रश्मि गुरुङले भनिन्, सस्तो कोठा पाएमा कम्तीमा दुई सय डलरको हुन्छ । खानुपर्‍यो । गाडी चढ्नुपर्‍यो । समयमा पैसा पठाउन नसक्ने भएपछि पारिवारिक तनावसमेत महिलाले बेहोर्नुपर्छ । ुघरमा पैसा पठाउन नसकिएको सात महिना भइसक्योु, दुई बच्चाकी आमा विना लामाले भनिन्, श्रीमान् पैसा पठाएन भनेर रिसाइराख्नुभएको छ । यहाँको कमाइ भने खाना र कोठाभाडामै सकिन्छ ।
दूतावास चाहियो 
लेबनानमा कार्यरत नेपालीले महिलाका बढ्दा समस्या समाधान गर्न दूतावास स्थापना हुनुपर्ने माग गरेका छन् । लेबनानमा अवैतनिक महावाणिज्य दूतावास मात्र छ । अवैतनिक कन्सुलर खुरीका अनुसार कन्सुलरमा रहेर स्वयंसेवीका रूपमा दीपेन्द्र उप्रेती र प्रिया सुवेदीले काम गरिरहेका छन् । कन्सुलरले इजिप्टको कायरोस्थित नेपाली दूतावाससँग समन्वय गरेर काम गरिरहेको छ । तर त्यो काम प्रभावकारी हुनसकेको छैन । झन्डै दुई दशकअघि स्थापना भएको अवैतनिक महावाणिज्य दूतावासबाट नेपाली कामदारसँग सम्र्पकको काम भए पनि समस्या समाधान गर्न सकिएको छैन ।
अध्यक्ष निरौलाका अनुसार दूतावास नभएरै भागेर आएका महिलालाई सेल्टर दिन सकिएको छैन । ुअहिले निकै समस्यामा आएका महिलालाई कारितासले सेल्टर दिने गरेको छु, भन्छन्, यो पनि रोकिए नेपालीका लागि अरू कुनै निकाय छैन ।
लेबनानसँग छिटोभन्दा छिटो श्रमसम्झौता हुनुपर्ने उनले बताए । व्यक्तिगत रूपमा आएकाले जिम्मेवारी लिने निकाय यहाँ छैन । पीडित महिलाले क्षतिपूर्ति पाउन सकेका छैनन् । महिलाले आफ्नो तर्फबाट मुद्दा लड्न विशेषाधिकार दिने निकाय नभएको हँुदा क्षतिपूर्तिबाट वञ्चित हुनुपरेको हो । कारितास लेबनानले श्रीलंका सरकारसँग सम्झौता गरेर पीडित महिलाको पक्षमा मुद्दा लडिरहेको छ । नेपाल सरकारलाई पनि अनुरोध गरिएको छ तर सम्झौता भएको छैन । हामीलाई पावर अफ एटोनी दिएमा मुद्दा लडिदिन्छौ, कारितासले भनेको छ ।

No comments:

Pages