7/27/2011

मुम्बई आक्रमणमा नेपाली संलग्न !

मुम्बईमा दुई साताअघि भएको आक्रमणमा संलग्नताको आशंकामा प्रहरीले एक नेपालीलाई नियन्त्रणमा लिएको छ ।
स्रोतका अनुसार आक्रमणमा संलग्न एक व्यक्तिको मोबाइलमा नेपाली नागरिक मोहम्मद जाहिदको मोबाइल नंवरबाट म्यासेज र फोन गएको फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
भारतीय दूतावासले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले जाहिदलाई ठहिटीबाट नियन्त्रणमा लिएको हो । उनलाई अहिले सार्वजनिक अपराधको अभियोग लगाएर हनुमानढोकामा राखिएको छ । पक्राउ परेका ४० बर्षीय जाहिदले भने आफ्नो फोन अर्कैले प्रयोग गरेको दाबी गरेका छन् ।
जाहिद काठमाडौंमा कपडामा बुट्टा भर्ने काम गर्दै आएका छन् । प्रहरीले जाहिदलाई मुम्बईबाट आएको फोन र म्यासेजमा के थियो भन्ने स्पष्ट नभएको बताएको छ । भारतबाट काम खोज्दै आएको एक व्यक्तिले आफ्नो मोबाइल प्रयोग गरेको जाहिदले प्रहरीलाई बताएका छन् । मुम्बईका तीन स्थानमा दुई साताअघि भएको आतंकवादी आक्रमणमा २४ जनाको मृत्यु भएको थियो ।

No comments:

Pages