मर्ने बेला हरियो काँक्रो !
सरकारले जापानको राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी भदौमा अवकास पाउन लागेका भट्टराईलाई जापानको राजदूतमा सिफारिस गरेको हो ।
राजदूत नियुक्तिमा कम्तीमा ५० प्रतिशत संख्यामा परराष्ट्र सेवामा कार्यरत कुटनीतिज्ञहरूलाई नियुक्ति गर्न नेपाल सरकारको सैद्धान्तिक निर्णयअनुसार बरिष्ठताका आधारमा भट्टराईलाई सिफारिस गरिएको सरकारका प्रवक्ता शिक्षा मन्त्री गंगालाल तुलाधारले जानकारी दिनुभयो । अन्तरिम संविधानअनुसार सरकारद्वारा राजदूतमा सिफारिस गरिएका भट्टराईको अब संसदीय सरकारले जापानको राजदूतमा परराष्ट्र मन्त्रालयका सचिव मदनकुमार भट्टराईलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले आगामी भदौमा अवकास पाउन लागेका भट्टराईलाई जापानको राजदूतमा सिफारिस गरेको हो ।
No comments:
Post a Comment