वैदेशिक रोजगारीका लागि कतार गएका झापाको केरावारी १ का पशुपति रिमालको मृत्यु भएको छ ।
दुई दिनअघि उनी डेरा नजिकै झुन्डिएको अवस्थामा फेला परेको खबर आएको परिवार स्रोतले जनाएको छ । एमाले गाँउ कमिटीका अध्यक्ष रघुनाथ निरौलाका अनुसार मृतकका परिवारजनले मृतकको शव नेपाल ल्याउन र राहतका प्रबन्ध मिलाइदिन आग्रह गरेका छन् । चालीस वर्षीय मृतक रिमालका दुई छोरा र एक छोरी छन् ।
No comments:
Post a Comment