7/26/2011

दूतावासका सचिबको चर्तिकला

हरी कृष्ण न्यौपाने
नेपाल कुवेत म्यानपावर एशोसिएशनका पधाधीकारीहरु आफ्नो म्यानपावर ब्यवसायमा देखिएको जटिलता र दुताबासले खेल्नु पर्ने भूमिकाहरु तथा हालैका दिनमा देखिएका समस्याहरुका सन्दर्भमा आफ्ना मागहरु राख्न हिजो जुलाई(२५का दिन नेपाली दुताबास कुवेत पुगेकोमा नेपाली दुताबास कुवेतका
दितिय सचिब पुष्पराज भट्टराईले उल्टै गैर्ह(जिम्बेवारी पूर्ण व्यबहार गरेको प्रती आक्रोशित भएको छ।नेपाल कुवेत म्यानपावर एशोसिएशनले प्रेश बिज्ञप्ती निकाल्दै नेपाली दुताबासका जिम्बेवार सचिबबाट ब्यक्त भएका अभिब्यक्तीहरु र हालैका दिनहरुमा दुताबास र दुताबासका कर्मचारीबाट भैरहेको कार्यप्रती घोर आपत्ति जनाएको छ भने हिजो बेलुका नै एन आर एन ए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ,उपाध्यक्ष धर्म राज गिरी र राज कुमार थापा तथा महा(सचिब सुजन केसी संग आपतकालिन बैठक बसी छलफल गरेको कुरा एशोशिएशनका सदस्य अर्जुन तमाङले नेपाल कुवेत डटकमलाई बताएका छन।

         नेपाली दुताबास र उसकै मातहातका जिम्बेवार कर्मचारीहरुबाट काममा भएका ढिला सुस्ती,घरेलुमहिला कामदारहरुका समस्यामा उनिहरु पूर्ण जिम्बेवार नभएको तथा ठुलो रकम बिमा स्वरुप तिर्दा पनि बिमा कम्पनिले सम्झौतामा उल्लेखित मापडन्ड पुरा नगरेको र दुताबासका सचिबलेनै घरबाट भागेर दुताबासको शरणमा आउने महिलाहरुलाई प्रलोभनमा पारी अन्यत्र काम लगाइदिने गरेको कार्य प्रती आफुहरुले लिखित मागहरु लिएर गएको भए पनि सचिब पुष्प राज भट्टराईले आफुहरुलाई उल्टै दुर्व्यबहार गरेकामा आफुहरुलाई अत्यान्तै दुस्ख लागेको नेपाल कुवेत म्यान पावर एशोशियसनका सदस्य अर्जुन तामाङले नेपाल कुवेत डटकमलाई बताएका छन।उनले थपे,कामबाट १०० दिन पुर्याए पछी भाग्ने महिला कामदारहरुका ब्यब्स्थापनामा सहयोग नगर्ने भए ५२ के डि तिरेको के फाईदा भयोरुत्यस्तै घरबाट भागेर दुताबास आउने महिलाहरुलाई दुताबासकै कर्मचारीले बाहिर काम लगाइदिने,अर्को १ तारिक बाट नेपाली दुताबासमा भिसा सम्बन्धी कारोबार गर्ने १८ नं भिषा भएको र नेपाली भाषी हुनुपर्ने भनिए पनि अहिलेनै नियम लागु गर्न नसकिने तथा भिसाको लागि लामो समय लगाउने जस्ता कार्यले हामीहरुलाई आफ्नो ब्यवसायमा कठिनाइ भईरहेको छ।साथै नेपाली दुताबासले भिषाको स्ट्याम्पिङको समय १०(१२ दिन लगाइदिने गरेको तर स्ट्याम्पिङ मिती भने अगाडिको हुने गरेको हुनाले एशोशिएयनले सकेसम्म १ हप्ता भित्र आफ्नो कागजात पाउनु पर्ने माग राख्दा उल्टै सचिबले हिटलरी पारामा तिमीहरुलाई २० दिन लगाइदिन्छु भनेको कुरा नेपालकुवेत म्यानपावर एशोशिएशनले जनाएको छ।साथै सचिबले जानी बुझी ढिला सुस्ती गरेको उनिहरुले आरोप लगाएका छन।

            यसै सन्दर्भमा नेपाली दुताबास कुवेतका दितिय सचिब पुष्प राज भट्टराई संग कुरा गर्दा उहाले भन्नु भयोूदुताबासले काही पनि र कसैलाई पनि कुनै पनि प्रलोभन पारेर बाहिर काम लगाएको छैन।यहाँको कानुनले पनि यसो गर्न दिदैन।तर एउटी केटीको अदालतमा मुद्धा भएकोले यहाँकै पुलिसको घरमा काममा लगाइदिइएको थियो तर मुद्धा भएको थाहा पाए पछी उसलाई पनि फिर्ता पठाइ दियो।त्यस्तै १०० दिनको समयाबधी पछी भाग्ने कामदारहरुको बिषयमा रिक्र्युटिङ एजेन्टहरु जिम्बेवारिबाट पन्छिने भएको र घरबाट भागेर दुताबासको शरणमा आउने र अत्याधिक चाप बढेको प्रती हामीले छलफल गरेका हौं।जहाँ सम्म भिषाको समयबधीको कुरा छ, हामी संग आबश्यक जनशक्तीको अभाब छ।पटक पटक मन्त्रालयमा पत्राचार गरेपनी अझै थप कर्मचारी पाएका छैनौं।सिमित जनशक्तीका बाबजुत पनि हामीले ८ दिन देखी ११(१२ दिन सम्ममा सबैकाम सकेका छौ। हेर्नुस हामीहरु कहिले पनि ५ बजे घर जान पाउदैनौं,दिलो ज्यान दिएर काम गरेका र गराएका छौं।केही समय त धैर्य पनि गर्न सक्नु पर्‍यो नि तरु फेरी अन्य देशका९भारत,बंगलादेश या अन्य०म्यानपावर ब्यबसायीको कुनै गुनासो छैन।हामी उनिहरुको कागजपत्र नहेरी अबश्यक प्रकृया पुरा नगरि १(२ दिनमै दिन सक्ने स्थितीमा छैनौं जुन कुरा सम्भब नै छैन।जहा सम्म नेपाली दुताबासमा भिसा सम्बन्धी कारोबार गर्ने १८ नं भिषा भएको र नेपाली भाषी हुनुपर्ने भन्ने कुरा छ,अन्य दुताबासहरुसंग पनि छलफलमै छौं। हामी साकारात्मक नै छौं,छलफलकै क्रममा रहेकाले यस्ता बिषयहरुमा अनाबश्यक बिबाद गर्नु राम्रो हुँदैन।नेपाली दुताबासले भ्याए र गर्न सके सम्म कुवेतमा रहेका सबै नेपाली कामदारहरुको पक्षमा र म्यानपावर ब्यबसायीहरु तथा अन्य नेपाली संघ(संस्थाहरुसंग सहकार्य गर्दै अगाडि बढ्ने छौं।ू

No comments:

Pages