7/26/2011

अझै सुल्झिएन नेपालकुबेत म्यानपावर एसोसियसन र दुताबासको बिबाद

आरबि बुढाथोकी
बिगत लामो समयदेखी सार्बजनिक भएको नेपाली दुताबास र  नेपाल कुबेत म्यान पावर  एसोसियसनको  बिबाद एक बर्ष बिती सक्दा पनि सुल्झिएको छैन ।
आफ्नो पेशागत हक हित र परी आउने याबत समस्याहरुको सामुहिक समाधान गर्न भनी गत बर्ष गठित मेन पावरसँग सम्बन्धित ब्यक्तीत्वहरुको एक मात्र संघठन नेपाल कुबेत म्यान पावर  एसोसियसनलाई दुताबासले हेर्न नजर आम नागरिक तबरको नभै सौतेली आमा को व्यबहार गरेको भनी बारम्बार अन्तरकृया गरी समस्या सुल्झाउन खोझ्दा पनि दुताबासले चासो नदिएको भनी गुनासो पोखेका छन।आफ्ना मागहरुलाई दुताबासले सुनुवाइ नगरि भनाभनको स्थिती भए पछी यसै बिषयलाई लिएर हिजो एनआरएनएको रहोबरमा अध्यक्ष राजेन्द्र तमाङ लगायत महा सचिब सुजन के।सी,प्रथम उपाध्यक्ष धर्म राज गिरी,दित्तिय उपाध्यक्ष राजकुमार थापा,पत्रकार आर।बी।बुढाथोकीको र सम्पूर्ण म्यान पावर   एसोसियसनका पदाधीकारीहरुको उपस्थितीमा एक आकस्मिक छलफल कार्यक्रमको आयोजना गर्यो । एसोसिएसनका पदाधिकरीहरुले आफ्ना समस्याहरु बुदागत रुपमा प्रस्तुत गरेको र यस समस्यालाई अध्यक्ष तमाङले सम्बन्धित निकायसम्म पुर्याइदिने आस्वासन दिनु भई छलफल टुण्गिएको थियो ।  नेपाल कुबेत म्यान पावर  एसोसियसनले प्रथम खण्डको रुपमा आफ्ना समस्याहरु लिखित रुपमा यसरी पेश गरेका थिए स्(

नेपाल कुवेत म्यानपावर ऐसोसियसनको २०११÷०७÷२३ गते वसेको माषिक वैठकमा छलफल भए अनुसार घरयासि कामदारको लागि आउने २० भिषाको व्यवस्थापनको सर्दभमा निर्णय भए अनुसार दुतावास गई जानकाउने गराउने उदेश्यले आज सोमवार मिती २०११÷०७÷२५ नेपालकुवेत म्यानपावर यसोसियसनका प्रतिनीधीहरु नेपाली दुतावास गएका थियौ । हाम्रा वुदाहरु यसप्रकार थियो
१।  नेपाली घरयासि कामदार कुवेतको कानून वमोजिम १०० दिनको कपाला९ग्यारेटी० भएकोले त्यसपछि आउने जटिलता विषयमा।
२। दुतावासले शरणमा आउने कामदारहरुको व्यवस्थापनमा अपनाएको कार्य विषय
३।  आउने १ तारिख का दिन देखि नेपाली दुतावासमा भिषा सम्बन्धि कारोवार गर्नेहरुको आकामा ९भिषा० १८ नं हुनुपर्ने र नेपाली हुनुपर्ने नेपाली भाषि हुनुपर्ने जास्ता नियमको पालाना हुने नहुने विषय
४। दुतावासवाट शरण लिन आउने महिला लाई प्रलोभनमा पारि अवैध तरिकाले काममा पठाउने जास्ता विविध विषय
यस्ता विषयमा नेपाल दुतावासमा गई छलफल गर्दा द्वतिय सचिव पुष्प राज भटट्राई वाट लाचारिको परिचय स्वरुप कुवेतको कानूनी झमेला११, कसैले न सघाएको१११, हामि सिमित जानसक्ति भएकोले१११ जस्ता कुराहरु भनी झारो झार्ने कार्य गरेकोमा नेपाल कुवेत म्यानपावर ऐसोसियसन यस्तो कुराको घोर आपत्ति व्यक्त गर्दछ । घरयासि कामदारको सुविधाको लागि प्रति व्यति ५२ केडि असुलेर त्यहि घरयासि कामदारहरुको व्यवस्थापनमा आल टाल गर्ने प्रविधि कति हद सम्म जायज हो र घरयासि कामदारको सेवा वापत दिनु पर्ने उपचार अहिले १ वर्ष पुगिसक्दा पनि गर्दै छौ हुदै छ भन्ने जास्ता लाक्षी शव्द शुन्नु पर्दा नेपाली दुतावासको कार्य प्रतिनै शंका लागेको छ । हामि १ वर्ष सम्म मौन थियो नयाँ ठाँउ नयाँ कार्य गर्न गाहृोनै हुन्छ भनेर त्यस पञ्च्यात पनी त्यहि कुरा गर्ने र मृगतृष्णाको आभाष गराई सवैलाई उल्लु वनाउने प्रविधि अत्य भएन। घरयासि कामदारमा आउने महिलाको शेवा शूल्क वाट नेपाल सरकार लाई मोटो रकम दिएर वुझो हाल्ने र त्यहि महिलाको भविष्यलाई अन्धकारमा राख्ने दलाली प्रविधि कतै मान्य हुने छैन। राजश्वको नाममा घरयासि महिलाको मूल्य वढाउने कार्य ततकालै अन्त हुनुपर्छ नभए यसले नेपाली जगतकै वदनाम हुनेछ भन्ने हाम्रो तर्कछ ।
नेपाल र नेपालीको उत्तराधिकारि भएर नेपाली कामदारहरुलाईनै अन्यौलको वातावाराण सृजनाहुने कार्य वन्द गर्न सम्वन्धित पक्षलाई  जानकारि गराउन चाहान्छौ ।
तसर्थ आउदा दिनमा यस्ता कुरा हुन नदिन नेपाल सरकार तथा नेपाली जगतलाई सचेत हुन यसै विज्ञप्ति वाट आहव्न गर्दछौ ।
प्रथम खण्ड
नेपालकुवेत म्यानपावर परिवार

No comments:

Pages