7/30/2011

डा. महतोको स्कुलमा चरम शोषण

समता शिक्षा निकेतन कावासोतीमा अध्यापन गर्दै आइरहेका शिक्षकहरुलाई व्यवस्थापनले चरम शोषण गरेको जनाउंदै शिक्षकहरुले सामुहिक राजिनामा दिएका छन् ।
विद्यालयमा कार्यरत ३४ जना शिक्षकहरुले शुक्रबार सामुहिक रुपमा राजिनामा दिएका हन् । शिक्षकहरुले राजिनामा दिएपछि पत्रकारहरुसंग कुराकानी गर्दै प्रशासनले आफूहरुमाथि चरम शोषण गरेको कारण राजिनामा दिनु परेको बताएका छन् । उनीहरुले समयमै तलब पाउनु पर्ने तलब वृद्धि हुनु पर्ने लगायतका माग राख्दै केही दिनदेखि आन्दोलनमा उत्रिएका थिए । प्रशासन आफ्नो माग पुरा गर्नुको सट्टा राजिनामा दिएर तलब बुझ्न धम्की पूर्ण व्यवहार गरेपछि बाध्य भएर सामुहिक राजिनामा दिएको शिक्षक सुरेन्द्र देउजाले बताउनुभयो । शिक्षकहरुले राजिनामा दिएपछि प्रशासनले गर्मी विदा भन्दै ५ दिनको लागि विद्यालय बन्द गरेको छ ।
समता शिक्षा निकेतनका सम्पूर्ण विद्यालयहरुका इन्चार्ज विनोद राज पाण्डेले शिक्षकहरुले शिक्षा निकेतनको अवधारणा अनुसार काम नगरेको कारण राजिनामा माग गरेको दावी गर्नुभयो । देश भर समताका २२ वटा विद्यालयहरु छन् । कावासोतीमा रहेको समता शिक्षा निकेतन दुई बर्षअघिदेखि साचालनमा आएको हो ।

No comments:

Pages