साउदी अरब । ४ बर्ष अघि आफ्नै मामा जित बहादुर खाती र स्थानिय सुरेश तामाङ मिलेर बेचेछन सोनापुर(२ सुनसरीकी २० बर्षिया गायत्री बिकलाई ।
बम्बैमा पनि नेपाली दलाल नै रहेछन बिनोद लामा जसले साउदी अरबको हायलमा अल साउद अब्दुल अजिज नामका साउदीलाई बेचेछन । साउदीको घरमा उनले बिताएको ४ बर्ष उनकै लागि पनि कहालीलाग्दो रह्यो । पछिल्लो १ बर्षमा त उनले कुनै पनि पारिश्रमिक पनि पाइनन, तलब माग्दा उल्टो करेण्ट लगाएर मारिदिने धम्की पाइन उनले साउदी मालिकबाट । भनेको नमान्दा कुटपिट सहनुपर्थ्यो उनले । बल्लतल्ल उनी नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको सम्पर्कमा आइन र आखिर मञ्चकै पहल र सहयोगमा रियादबाट ८०० कि।मी। टाढाको हायल शहरबाट उनलाई नेपाली राजदूतावास रियाद सम्म पुर्याइयो । साउदी अरबमा यसरी साउदीको घरबाट हाउसमेड भगाएर यती टाढा रहेको दूतावाससम्म पुर्याउनु खर्चिलो मात्र होइन, अत्यन्तै जोखिमपुर्ण कार्य पनि हो । नेपाली दूतावासबाट कागजी प्रकृया पूरा गरेर केही समय दूतावासकै सेल्टरमा रहेपछि एनआरएनए साउदी अरबको महिला उद्धार कोषबाट स्वदेश फिर्तिको हवाई टिकट उपलब्ध भएपछि गतः २३ जुलाईमा घर फर्किन पाइन गायत्रीले ।गायत्रीसंगै एनआरएनए साउदी अरबको उक्त कोषबाट हवाई टिकट सहयोग पाइ घर फर्किने अर्की महिला हुन हासपोसा(२ सुनसरीकै १७ बर्षिय गोमा गिरी । साउदी अरब प्रबेश गरेदेखिनै उनीमाथी घर मालिकले अनैतिक कार्य गर्ने र नमान्दा कुटपिट समेत गर्न थालेपछि उनी २ महिना पनि उक्त घरमा टिक्न सकिनन र २ महिनामै उक्त घरबाट भागेपछि साउदी प्रहरीले फेला पारी नेपाली दूतावास रियाद पुर्याइदिएछन । नेपाली दूतावासमा पुग्दा यिनी मानसिक रूपमा बिक्षिप्त अवस्थामा थिइन । गोमालाई यस्तो अवस्थामा पुर्याउने नेपाली महिला दलाल हुन संगिता गुरूङ जो प्रायः दिल्लीमा बस्ने गर्दछिन ।
यी २ महिलासंगै नेपाली दूतावास रियादले अरू ९ जनालाई पनि उद्धार गरी एउटै फ्लाइट ९ँथि म्गदबष्० मा स्वदेश फर्काएको छ । ल्च्ल्ब् साउदी अरबको महिला उद्धार कोषबाट उद्धार गरिएकी यी दुई महिला नवौं र दशौं हुन । पछिल्ला यी २ टिकट खरिद गर्न कोषबाट जम्मा १,३९० साउदी रियाल खर्च गरिएको छ ।
गैर आवासीय नेपाली संघ साउदी अरब उपरोक्त सबै दलालहरू र तिनका सञ्जालहरूलाई समेत पहिचान गरी, पक्राउ गरी कानूनी कार्बाही गर्न गराउन सम्बन्धित सरोकारवाला सबैलाई अनुरोध गर्दछ । नेपालको गाउंघरदेखि भारतको दिल्ली बम्बैसम्म फैलिएको दलालहरूको त्यो सञ्जाललाई ध्वस्त नपार्दासम्म नेपाली चेलीहरूको यो दुर्दशा र बिचल्ली रोकिने छैन । कमसे कम यी पीडित महिलाहरूले नै साविती बयानमा उल्लेख गरेका यी दलालहरूले कानून सजाय पाउन जरूरी छ ।
No comments:
Post a Comment