तोयानाथ उपेक्षित
नेपाली दुतावास कुवैतले समयमा काम नगरेको र घरयासी कामदार व्यवस्थापन सम्बन्धि समस्यालाई लिएर दुतावासमा जादा उल्टो सचिबको हप्की र दक्कि खान परेको भन्दै एनआरएनए कुवैतमा गुहार लगाउन पुगेको समाचार प्राप्त भएको छ ।
कुवैतको नयाँ कानून बमोजिम घरेलु कामदार घरबाट भागेको अवस्थामा छ महिना अवागै भए एजेन्सीले र छ महिना पछि भए स्पोन्सरले नै त्यसको क्षति व्यहोर्न पर्ने कानूनी व्यवस्था परिवर्तन भई एक सय दिनमा झरेपछि थप समस्याहरु सृजना भएका छन सो सम्बन्धमा दुतावासमा छलफल गरी निकाश खोज्न जादा अनपेक्षित व्यवहार भएको भन्दै नेपाल कुवैत मेनपावर एसोसिएसनका प्रतिनिधीहरु एनआरएनए कुवैतका अध्यक्ष समक्ष गुहाँर लगाउन पुगेका थिए ।नेपाली दुतावास कुवैतले समयमा काम नगरेको र घरयासी कामदार व्यवस्थापन सम्बन्धि समस्यालाई लिएर दुतावासमा जादा उल्टो सचिबको हप्की र दक्कि खान परेको भन्दै एनआरएनए कुवैतमा गुहार लगाउन पुगेको समाचार प्राप्त भएको छ ।
गत सनिवार अर्थात २३ जुलाईमा सो सँस्थाले बर्तमान समस्यका विषयमा छलफल गरी दुतावासमा सो को समाधान खोज्दै जादा सचिब मार्फत व्याक्त कुराहरु एकदमै घृणीत, अमर्यादित र गैह् जिम्मेवार रहेको भन्दै गुनासो गरेका छन । दुतावासले भिषा स्ट्यामिङमा गर्ने गरेको लिङ्गरिङलाई आपत्तिको रुपमा उठाईरहदा एजेन्टहरुलाई चुनौति दिदै सचिबले १२ दिन हैन २२ दिन लगाईदिन्छु भन्ने ठाडो जवाफ दिएको उनीहरुको आरोप छ । घरेलु कामदारहरुबाट उठाएको मोटो रकम ५२ केडी अर्थात नेपाली लगभग १३ हजार रुपैया कहाँ र कसरी सदुपयोग हुदैछ भन्ने तर्क गर्दै आक्रोशित बनेका मेनपावर व्यवशायी कल्याणी श्रेष्ठ भन्छन दुतावासले उनीहरुको समस्याको सम्बन्धमा काम गरेर देखाउन पर्छ कि पर्दैन रु अमला मन्जीलाामा कुरा गर्छौ भनेको पनि बर्ष दिन भयो तर परिणामका हिसावले माखो मरेको छैन, उनको आरोप थियो । दुतावासले उनीहरुको व्यवस्थापनमा कुनै काम गरेको भए त केही परिणाम देखिनु पर्ने थियो । यसरी नै अर्का व्यवशायी अर्जुन तामाङ दुतावासले गरेको व्यवहार प्रति छुब्द हुदै भन्छन यो त अति नै भो । दुतावासमा एउटा सानो काम गर्न जादा दिनहुँ अदालतमा तारिक धाए जस्तो धाउनु पर्ने भएको छ ।
एक समाचार श्रोतका अनुसार खाडी राष्ट्रमध्ये सवै भन्दा धेरै राजस्व नेपाल सरकारलाई बुझाउने कुवैत दुतावासले तिनै राजस्वको पोको बोकेर दुतावासमा जाने एजेन्टहरुलाई अमर्यादित व्यवहार गर्नु र प्रतिबद्धता विपरित गैह् नेपाली मुलका एजेन्टको काम भने सहज एबं समयमै सरल तरिकाले गर्नुलाई शंकास्पद रुपमा लिएका छन । यसरी नै उनीहरुका अनुसार भिषाको कारोवार गर्ने काम १८ नं का व्याक्तिले मात्र पाउछ भनेर विगतमा दुतावासले जारी गरेको विज्ञप्तिलाई स्मराण गराउदै भन्छन के आधारमा र कुन कानूनको अधिनमा रहेर त्यसो भनिएको हो र अहिले मौन छ दुतावास रु उनीहरुका अनुसार नेपाली एजेन्टलाई तर्साउन दुतावास जे पनि बोल्न थाल्यो जे पनि गर्न थाल्यो किन रु त्यसरी दुतावासले कानूनी व्यवस्थाको ख्याल नगरि सूचना सार्वजनिक गरेर गंभिर गल्ती गरेको एकथरीको आरोप पनि अनुत्तरित नै छ भने समय समयमा नयाँ तर्क उठाएर सचिबद्धारा गरिएको तर्कलाई हाँस्यास्पद भनिएको छ । बास्तविक एजेन्ट मेनपावरका कर्मचारी नभएर सम्पूर्ण संगठित क्षेत्रमा काम गर्ने बैदेशकि कामदारहरु हुन सक्ने कुरा सचिबको तर्कले देखाउछ । अर्थात १८ नं भिषा भनेको एजेन्टको काम गर्ने लाईसन्स पनि हो रु सचिब माथि प्रश्न खडा भएको छ ।
नेपाल कुवैतसँग दुतावास सचिबले गरेको अघिल्लो समाचारको कुराकानीलाई नै हेर्ने हो भने पनि उहाँको कुरामा विश्वास गर्ने ठाउँ देखिन्न । दश दश जना कर्मचारी रहेको दुतावासमा मेन पावरको समस्या छ भन्नु तर्कका लागि उम्कने बाटो त होला तर यर्थाथ कुरा बेग्लै छ एक व्यवशायी नाम नलेखि दिने शर्तमा सचिबको नियत माथि नै प्रश्न उठाए । गत महिना सम्म एम्नेष्टीको चाँपमा रहदा समेत ढिलासुस्तीको कुरा नगरेका व्यवशायीहरु एकाएक विद्रोही रुपमा प्रस्तुत हुनलाई भने सामान्य रुपमा लिन मिल्दैन । पचास हजार नेपाली रहेको सानो देशमा दुतावासमा कर्मचारीको अभाबको कुरा लामो समयवाट उठिरहदा नेपाल सरकारले पनि नसुन्नुले पनि कुरा प्रष्ट छ कि यहाँको दुतावासमा जनशक्तिको अभाव भन्दा पनि काम गर्ने सोचमा खोट त छैन रु एक महिला कर्मचारीको नियुक्ति प्रक्रिया सम्बन्धमा प्रवासी समाजले गरेको विरोध र राजदुतले बाध्य भई निकालेको कुरा नै ढिला सुस्तीको कारण त हैन रु एकथरीको आशंका त्यसतर्फ संकेत गरेको छ ।
प्रति महिनो १५ सय सम्मको संख्यामा नयाँ प्रवेशी नेपाली कामदारको संख्या दुतावासमा दर्ता हुने गरेको तर्क गर्दै एक व्यवशायी भन्छन यति ठुलो रकम उठाएर पनि दुतावासले महिलाहरुको समस्या चासो दिनको सट्टा किन उल्टो संस्थागत प्रतिनिधीहरु माथि असहिष्णु हुन्छ रु मेनपावरका उपाध्यक्ष कल्याणी र सचिब अर्जुनको समान तर्क छ दुतावासमा भागेर आएका महिलाहरुलाई दुतावासले शरण दिने वा तिनको एजेन्ट बोलाएर समस्या बुझ्ने र निकाश निकाल्न भन्दा अर्कै तिर काम लगाएर आर्थिक लाभ लिने गरेको छ । अर्जुन भन्छन हामीसँग भिडियो क्लिप छ जो दुतावासमा शरण लिन जाँदा दुतावासले बेचेको छ । बेचिने महिलाको बयानको हवला अवश्यक परे क्लिपमा देखाउने उनको दाबी छ । यी तमाम कुराहरुका सम्बन्धमा एनआरएनए कुवैतका अध्यक्ष राजेन्द्र तामाङसँग नेपाल कुवैतले सोधेको थियो खास कुरा के हो रु अध्यक्ष तामाङ भन्छन कुरा नाजुक छ । ईश्यु व्यवशायीक हो । यसोत्यसो कुरा पुष्पसर सँग ठोकिन पुग्छ । तपाईको सल्लाह वा सुझाव चाहि के रह्यो नी डट कम को सवाल थियो । अध्यक्षले भन्नु भो दुव्र्यवहार भयो भन्ने कुरा सुने । महिलाहरुका समस्याहरुको सम्बन्धमा सुनुवाई हुन पर्छ । तर जे भए पनि आपसमा मिल्नु नै राम्रो हुन्छ । तपाई हाम्रो रा दुतावासको सम्बन्ध राम्रो हुनु पर्छ । म उनीहरुका गुनासाहरुका सम्बन्धमा राजदुतसँग राख्ने छु त्यस पछि आगामी दिनको विषयमा के कसो गर्दा हुने हो निश्र्कष निकाल्न सजिलो होला तामाङको धारणा थियो ।
No comments:
Post a Comment