होम कार्की
लम्जुङकी २१ वर्षीया सोनु तामाङ बेरुतमा भएको लाइभ कन्सर्टमा मज्जैले झुमिरहेकी देखिन्थिइन् । विदेश आएपछि स्वदेशको माया निकै लाग्दोरहेछ, सोनु भन्दै थिइन्, जुन यता आएपछि मात्रै बुझिँदोरहेछ ।
तीन वर्षअघि मात्रै लेबनान पुगेकी सोनु स्टेजमा गायक उजन नेवाङले देशभक्ति गीत गइरहँदा थप उत्साहित भइन् । यहाँ देशको संगीतमा मनोरञ्जन लिन सिडी प्लेयर मात्रै माध्यम हो, उनीले भनिन्, यसरी नेपालबाट कलाकार आएर लाइभ कन्सर्ट कमैले मात्र गर्छन् ।लम्जुङकी २१ वर्षीया सोनु तामाङ बेरुतमा भएको लाइभ कन्सर्टमा मज्जैले झुमिरहेकी देखिन्थिइन् । विदेश आएपछि स्वदेशको माया निकै लाग्दोरहेछ, सोनु भन्दै थिइन्, जुन यता आएपछि मात्रै बुझिँदोरहेछ ।
गैरआवासीय नेपाली संघ लेबनानका अध्यक्ष डिल्ली पौडेल भने धेरै खर्चिलो हुनुका साथै भिसा पाउन गार्हो हुने भएकाले कलाकारलाई ल्याएर मनोरञ्जन दिलाउन निकै समस्या हुने तर्क गर्छन् । कामका लागि लेबनान हानिएका नेपालीका लागि यतिखेर स्वदेशी संगीतको स्वाद चखाउने काम भने पामा प्रोड्रक्सनले दिलाएको हो । त्यसका लागि उसलाई ओएमटी वस्र्टन युनियन मनी ट्रान्सफरु ले सहयोग गरेको थियो ।
यहाँ बढीजसो घरेलु काम गर्ने दिदीबहिनीहरू छन्, कन्सर्टको मञ्जा लिँदै गरेकी अर्की रोजी तामाङले भनिन्, यहाँ धेरैजसो दिदीबहिनीहरू रहर भएर पनि आउन पाएका छैनन् ।
गायक नेवाङ र गायिका शशि रावलले देशभक्ति, आधुनिक र पप गीतहरू गाउँदा सहभागीहरू झुमिरहेका थिए । झन् त्यसमा संगीतकारहरू भीम केरुङ, कृष्ण लिम्बू, सागर तामाङ र वेद नेपालको प्रत्यक्ष संगीतले सहभागीहरू दंग थिए । दुईपटक भएको लाइभ कन्सर्ट मा टाढाका सहरदेखि नेपाली कामदारहरू बेरुत आएका थिए । कति घरमालिक आफ्ना कामदारलाई लिन र पुर्याउन कार्यक्रम स्थलमै आइपुगेका थिए । नेपालीको माया पाएर हामी निकै खुसी छौं, गायकरगायिकाहरूले कार्यक्रमपछि भने, उहाँहरूप्रति निकै आभारी छौं ।
आयोजक पामा प्रोडक्सनका प्रमुख पामा गोत्राले लेबनानमा पनि नेपाली संगीतिक कार्यक्रमको सुरुवात भएको बताए । मलाई नेपालीको माया छ । नेपाली दाजुभाइ दिदीबहिनीहरू धेरै मन पर्छ, उनले भने, उहाँहरूलाई विदेशमा आफ्ना संगीतमा मनोरञ्जन दिलाउन सहयोग गर्छु ।
No comments:
Post a Comment