आरबि बुढाथोकी
नेपाली दुताबास र म्यानपावर ब्यबसायी एजेन्टहरुको बिबाद चर्कने क्रममा छ। दुताबास र एजेन्टहरुको बिषयलाई लिएर प्रकाशित भएको समाचारलाई लिएर दुताबासका सचिबले घोर आपत्ती जनाउदै एक तर्फी रुपमा निर्णय गरी दुताबासलाई दोष थुपारेको र आरोपहरु दुताबासमा आइ प्रमाणित गर्न म्यान पावर ब्यबसायीहरुलाई चुनौती दिएका छन र
आफुलाई लगाएको आरोपहरु सत्य तथ्य नभए दुताबासले कारबाही गर्ने भने लगत्तै एजेन्टहरुले यदी हामीले लगाएका आरोपहरुका प्रमाण जुटाएमा सचिबले पनि राजीनाम दिनु पर्छ भनी आफ्ना मागहरु तेर्स्याएका छन। दुताबासले दिएको माप दण्डमा बसेर काम गर्दा पनि हामीलाई दुताबासले सधैं दुस्ख दिए पछी यसै बिषयलाई लिएर बिबाद यहाँ नटुङगे केन्द्र सम्म पुग्ने तयारी गरी रहेका छौ एसोसियसनका एक पदाधीकारी बताउछन ।नेपाली दुताबास र म्यानपावर ब्यबसायी एजेन्टहरुको बिबाद चर्कने क्रममा छ। दुताबास र एजेन्टहरुको बिषयलाई लिएर प्रकाशित भएको समाचारलाई लिएर दुताबासका सचिबले घोर आपत्ती जनाउदै एक तर्फी रुपमा निर्णय गरी दुताबासलाई दोष थुपारेको र आरोपहरु दुताबासमा आइ प्रमाणित गर्न म्यान पावर ब्यबसायीहरुलाई चुनौती दिएका छन र
दुताबासको प्रमुख आयश्रोत तिनै घरेलु कामदार आयातबाट हुन्छ भने यसलाई किन बिबाद रहित तबरबाट ब्यबस्थापन गर्न सकिरहेको छैन अर्का एजेन्ट प्रतीनिधी आक्रोसित मुद्रामा भन्छन, उनी थप्छन यदी दुताबासले हामीले गरेको पेशालाई ब्यबस्थित गर्न सक्दैन भने हामीसँग अन्य धेरै बिकल्प छन । कुबेतमा घरेलु कामदारको रुपमा नेपाली महिलाहरु आउने क्रम बढ्दो छ भने तिनीहरुको ब्यबस्थापनमा पनि त्यतिकै कठिनाईहरु रहेको दुताबास सुत्रको छ । कर्मचारीको आभाबका कारण दुताबासले समयमा कार्य सम्पादन गर्न नसकेको पनि स्वीकार्दै आएको छ । कुबेतमा हरेक महिना सरदर घरेलु कामदारको रुपमा १५ सयदेखी १८ सय नेपाली महिलाहरु भित्रिन्छन भने त्यसको दोब्बर सन्ख्यामा कम्पनीहरुमा नेपालीहरु आउछन । कुबेतमा घरेलु कामदार भित्र्याउने झन्डै तीन सय नेपाली तथा बिदेशी एजेन्टहरुलाई हामीले समान ब्यबहार गरेका छौ तर नेपाली एजेन्टहरुबाट मात्र किन सधैं बिबाद आउछ हामीले बुझ्न सकेका छैनौ दुताबासका एक कर्मचारी बताउछन । रोजगार र रोजगारदाता दुबैलाई हामीले ब्यबथापन र समन्वयन गर्नु पर्छ यो त्यती सजिलो छैन सर्ब साधारण सबैले बुझ्नु पर्ने कुरा हो उनको थप भनाइ थियो ।
दुताबास र म्यान पावर ब्यबसायीहरुको बिबाद चर्कदै गर्दा यसको सहज कर्ताको रुपमा भूमिका निभाइ रहेका एन आर एन कुबेतका अध्यक्ष राजेन्द्र तमाङको भनाइ पनि यही छ प्रबासमा बिबाद चर्काउनु बिलकुल गलत हो यसको छिट्टै समाधानका लागि दुबै पक्ष बिच बार्ता गरी टुङगोमा पुग्नु उचित हुन्छ । एक अर्कालाई अध्यारोमा ढुङ्गा हानेर आरोप लगाउनु नेपालीहरुको गलत प्रब्रिती हो यसको अन्ते हुनु पर्छ । उहा थप्नु हुन्छ गल्ती कमी कमजोरी दुताबासको पनि होला र एजेन्ट भाईहरुको पनि आफ्ना समस्याहरुको बिषयमा सिधै राजदुतसँग कुरा गरेर मिलाउनु उचित हुन्छ तल्लो तहको कर्मचारीसँग बाझेर बस्नु भनेको थप समस्या थप्नु र बिबाद चर्काउनु हो । महामहिम राजदुतसँग बसेर बार्ता गर्दा पनि समस्या समाधान नभएको खण्डमा मात्र अन्य कदम चाल्नु उचित हुन्छ । कुबेतबासी सम्पूर्ण नेपालीहरुको रेख देख र सद भाबका लागि नेपाल सरकारले उहालाई प्रतीनिधीको रुपमा यहाँ पठाएको हो । उहाको निर्देशनमा दुताबासका सम्पूर्ण कर्मचारीहरुले कार्यसम्पादन गर्नु पर्ने हुन्छ न कि मनोमानी तबरबाट सबैलाई निर्णय गर्ने अधिकार दिएको हुँदैन तामाङले भने । दुताबासमा भना भनको स्थिती भए पछी नेपाल कुबेत म्यान पावर एसोसियनका सम्पूर्ण प्रतीनिधी जुलाई २६ मा एन आर एन ए कुबेतका अध्यक्ष राजेन्द्र तामाङको निवासमा आकस्मिक छलफल भनी पुगेका थिए ।
No comments:
Post a Comment