7/27/2011

एनआरएनएको टोपी लगाएर कामदार ठग्दै

नेपालीले नेपालीलाई नठग्नुहोस र एनआरएनएको टोपी लगाएर एनआरएनलाई नठग्नुहोस” भन्ने एनआरएनएको सार्बजनिक आग्रहका बावजुद पनि कतारमा एनआरएनका बरिष्ट ब्याक्तिले ठगेको   समाचार सार्बजनिक भएको छ जसमा एक जना नेपाली कामदारले १ बर्षदेखिको
तलब नपाएको तथा भिषा समेत नलगाइदिएकाले गैर कानूनी हैसियतमा बिचल्ली भई उद्धारका लागि दूतावास पुगेको उल्लेख छ । स्मरणीय छ कि पीडक राजिव डंगोल कतारमा ब्यवसायी संघका अध्यक्ष, इञ्जिनियरिङ एशोसियसनका सल्लाहकार तथा एनआरएनए एनसिसी कतारका संस्थापक ९पहिलो कार्यकालका० अध्यक्ष समेत भएको बुझिएको छ । यसरी एनआरएनले एनआरएनलाई ठगेको यो पछिल्लो ज्वलन्त उदाहरण हामी सबै सामु छर्लंगिएको छ । यसबाट एनआरएनएको छबी श्रमजिवी कामदारहरूमाझ अझै धमिलिंदै जाने देखिएको हुंदा एनआरएनए मुकदर्शक नबनोस, पीडितलाई न्याय ९तलब, सुविधा, हक, अधिकार दिलाउन तथा पीडकलाई कानूनी कार्बाही दिलाउन सशक्त भूमिका खेल्नका लागि आग्रह गर्दै एनआरएन सउदि अरबले NRN A ICC लाई पत्रचार गरेको छ ।
 नेपाली व्यवसायी संघका अध्यक्ष एवं नेपाल इन्जिनियर्स एसोसिएसन कतार सेन्टरका सल्लाहकार तथा एनआरएनए एनसिसी कतारका संस्थापक ९पहिलो कार्यकालका० अध्यक्ष समेत रहेका राजीव डंगोलले एक नेपाली कामदारलाई १ वर्षदेखिको तलब नदिएपछि पीडित कामदार दूतावास पुगेका छन् । सिंघाई(८ बाख्रीटोल, महोत्तरी भिखारी यादव तलब नपाएर खान पनि वञ्चित भएको भन्दै जुलाई १७ मा दूतावास पुगेका हुन् ।
३ वर्षअघि कतार आएका ५१ वषर्ीय यादवले दूतावासमा रुँदै राजदूत सूर्यनाथ मिश्रसँग आफ्नो पीडा सुनाएका थिए । नजिकै रहेको रेडिमिक्स कम्पनीमा सामान लिन आउने ड्राइभरहरूले दिएको खाना तथा उक्त कम्पनीको मेसमा सबैले खाएपछि बचेको खाना खाएर गुजारा चलाउँदै आएको उनले सुनाएका थिए ।
ुमैले पहिलाको ३ महिनाको समेत तलब पाएको छैन,ु उनले भने, ु४ सय रियाल सेवा शुल्क र १५ सय रियाल भिसा शुल्क मेरोबाट कटाए पनि हालसम्म भिसा लागेको छैन ।ु १ वर्षसम्म अजिजियामा ज्यामी काम गराउँदै हरेक ३(३ महिनामा भिसा शुल्क भन्दै ५ सय रियालको दरले कटाउँदै आएको पनि यादवले बताए । २ वर्षदेखि भने उनी सनैयास्थित १ घरमा नाथुरको काम गर्छन् । पुलिसले समात्ला भनेर घरबाट बाहिरसमेत निस्कन नसकेका उनले पैसा अभाव भएपछि विगत ४ महिनादेखि घरमा फोनसमेत गर्न नसकेको उनले बताए । घरमा ९ र ११ वषर्ीया २ छोरी र श्रीमती छन् । परिवारले गाउँकै महाजनसँग ३० हजार रुपैयाँ ऋण लिएर गुजारा चलाइरहेको उनले सुनाए ।
ुराजीवले २ हजार रियाल लिएर मलाई सहीछाप लगा भन्नुभएको थियो । मैले अगस्टदेखिको पूरै तलब बाँकी छ, २ हजार म कसरी लिनु रु भनेर सोधे, यादवले भने, साइडबाट पैसा आएको छैन भन्छ, फोन गर्दा राजीवले म आउँछु भन्छन् तर आउँदै आउँदैन । ड्राइभरलाई पठाउँछन्, पैसा दिँदैनन् ।  यादवको समस्याबारे । डंगोलसँग पटकपटक फोन सम्पर्क गर्ने कोसिस गरे पनि रिसिभ हुन सकेन  । समस्या समाधानका लागि दूतावासले पटक(पटक फोन गर्दा पनि डंगोलले फोन रिसिभ नगरेको बताएको छ । पीडित भएको बेला राजदूतको कार्यकक्षमा उपस्थित लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरि गैरे फोन गर्दा पनि सम्पर्क भएन । लगत्तै डंगोलले गैरेलाई कलब्याक गरी यादवलाई आफू कहाँ पठाइदिनु भन्दै फोन काटेका थिए ।  तर डंगोलले कहिले, कहाँ पठाउने भन्ने नखुलाएको र अर्को पटक फोनसमेत रिसिभ गरेनन् 

No comments:

Pages