7/27/2011

आएको चार दिनमै दूतावासको शरणमा

प्रेम स्याङतान तामाङ
वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा दोहा आएकी मोरङ, डाँगीयन– ५ की  २२ वार्षीया वालकुमारी विक चार दिनमै नेपाली दूतावासको शरणमा आईपुगेकी छन् ।
गाउँ नजिकैको स्थानीय एजेन्ट रतन विक र मनोज विकले निकालेको घरेलु कामदारको भिषामा आएकी कुमारी १२ दिन मुम्वईमा बसेर दोहा आएको वताईन् । उनीसँगै अन्य दुई महिला पनि साथै आएको उनले बताईन् । एजेन्टको विश्वासमा पछि पैसा कमाएर तिर्नुपर्ने भन्दै आउँदा कुनै पनि पैसा नलिएको पनि वताईन् । कतारी ७ सय तलव र केही ओभर टाईमको विश्वास र लोभमा परेर आएको तर घरमा आउँदैको दिनदेखि नराम्रो व्यवहार गरेको वताईन् ।
खाना पनि नदिने र वोलीवचन पनि राम्रो नगर्ने, हप्काउने गरेकोले उनले घरमा ३ दिन काम गरेर चार दिनको दिनमा नेपाली नियोग आईपुगेको बताईन् । साउदी अरवको भिषामा कुवेतसम्म पुगेर अढाई वर्ष घरेलु कामदारको रूपमा काम गरी नेपाल फर्केकी विक पुनः दोहामा घरेलु कामदारकै रूपमा आएकी हुन् । यहाँ आएर दुःख पाईयो बरू कुवेतमा नै राम्रो थियो भन्दै थिईन् ।
हालै मात्र सरकारले मध्यपूर्वको खाडी देशहरूमा घरेलु कामदारको रूपमा खुल्ला नीति नियम ल्याए पनि नेपालको एयपोर्ट प्रयोग नगरी मुम्बईबाट आएकी हुन् । साधारण लेखपढ गर्न सक्ने उनीलाई प्रश्न गर्दा एजेन्टले मुम्बईबाट राम्रो हुन्छ भनेर पठाएको बताईन् । पहिला पनि भारतकै बाटो गरी साउदी गएकोले राम्रो हुन्छ भनेपछि विश्वास गरेर आएको हो । नेपालको एयरपोर्टबाट आँउदा धेरै पैसा लाग्ने, श्रम गर्नुपर्ने र जीवन बीमा गर्नुपर्ने भएकोले असजिलो हुने भएकोले मुम्वईवाट सजिलो हुने वताएपछि  उनी मुम्वईवाट अरू दुई नेपाली चेली सहित आएकी हुन् । उनका साथ आएका दुई नेपाली चेली पनि घरेलु कामदारको रूपमा आएका हुन् ।

No comments:

Pages