7/28/2011

जापानमा सल्बलाइरहेछन् मानव तस्करहरू

पुष्पराज
हुन त सोझा नेपाली वेरोजगार युवाहरूलाई गुलिया आश्वासन देखाई ठगेका कुरा अब नौलो रहेन । गाउँ, शहर चोक र गल्ली–गल्लीमा मानव तस्कर गिरोह विदेश पठाउने सपना बाँडेर युवाहरूलाई लुटिरहेको छ ।
दलालको भर परेर धेरै पैसा कमाउने आशमा खाडीको रापमा पसिना बेच्न जाने धेरै युवाहरू दलालको पञ्जामा नराम्ररी फसेका छन् । सुरुमा दलालले पैसाको बिटो बर्सने कुरा गरेको सुनेर मख्ख पर्दै हौवाको भरमा कुद्नेहरूले जब दलालको असली रूप थाहा पाउँछन् त्यतिबेला घर खेत साहुका पाउमा भइसकेका हुन्छन् र आफू खाडीको मरुभूमिमा, बिलखबन्दमा ।
मानव तस्करहरूको जालोमा मलेसिया र खाडीमा मात्र होइन दक्षिण कोरिया, जापान जस्ता मुलुकमा पनि धरै  फसेका छन् । झन् जापानमा रेष्टुरेष्ट व्यवसाय सञ्चालन गरेकाहरूले कुक भिषामा कामदार लैजान पाउने भएपछि त मानव दलालहरू वर्षाको जुकासरि फैलिएका छन् । यस्तै, पिपासु जुकाहरूको चुसाईमा परेका बर्दियाका विशाल सिग्देल अहिले वल्लो घाट न पल्लो तीर भएका छन् । जापानमै बसेर कन्सलटेन्सी र कुक भिषाको नाममा लुटखेती मच्चाउँदै आएका चितवनका प्रकाश कँडेलले मिलाईदिएको कुक भिषामा जापान गएका सिग्देल यतिखेर टोकियोमा आफ्नै भाग्यलाई सरापेर बसिरहेका छन् ।
कँडेललाई १५ लाख बुझाएर मासिक १ लाख २० हजार तलबको आसमा जापान छिरेका सिग्देलले सम्झौताअनुसारको तलब सुविधा त पाएनन् नै साथै उनी कार्यरत रेष्टुरेण्ट समेत बन्द भइसकेको छ । भिषा अवधि १ महीना मात्र रहेकोले सिग्देल टोकियोमा नेपाली संघसंसस्थाको आश्रयमा बसिरहेका छन् । एजेन्ट कँडेलसँग बारम्बार सम्पर्क गर्दा पनि सम्पर्क नभएको उनले गुनासो गरे ।
कँडेलजस्ता दलालहरू कुनचाँहि मुर्गा भेटएला भनेर ब्वाँसोले झैं कुरेर बसिरहेका छन् । यस्ता दलालदेखि बेलैमा सावधान !

No comments:

Pages