काजाङ्ग स्थित ग्रिनग्लास इण्डष्ट्रिज एसडीएन बिएचडी मा कार्यरत एक नेपाली कामदार राजकुमार थापा मगरले दाहिने हातको दुई औंला गुमाएको छन् ।
एक वर्षअगाडि नेपालको महाकाली ओभरसिज पुल्चोकबाट मलेसियामा रोजगारीको लागि आएका कञ्चनपुर दोधाराका थापा मगर आफ्नै कम्पनीमा काम गर्दा चलिरहेको मेसिनमा दाहिने हात पर्न गई माहिली र साहिली औंला गुमाउन पुगेको हुन् । दुई दिनको उपचार गर्दा पनि औंला जोड्न नसकेपछि थापामगर थप चिन्तित भएका छन् । निजको उपचार खर्च कम्पनीले वेहोरे पनि उनको इन्सुरेन्स भने के कति पाउने जानकारी भने आएको छैन ।
No comments:
Post a Comment