7/30/2011

भिजिट भिसामा आएर काम गर्न नपाईने

अगष्त २०११ उप्रान्त, कुवेत सरकारले भिजिट भिसामा कुवेत प्रवेश गर्नेहरुलाई काम गर्न रोक लगाएको छ । साथै, व्यावसायिक तथा भिजिट भिसामा आई काम गरेको प्रमाणित भए त्यस्ता कामदारहरुलाई कडा कारबाही गरिने पनि कुवेत सरकारले जनाएको छ ।
स्पष्ट भन्नुपर्दा, अबदेखी कुवेतमा कुनै पनि विदेशी नागरिकहरु भिजिट भिसामा आई काम गर्न नपाउने र उनिहरुको भिजिट भिसा वर्किङ भिसामा परिवर्तन  गराउन पनि नसकिने नयाँ प्रावधान जारी गरिएको छ । 
यसै सन्दर्भलाई लिएर नेपाली राजदूतावास कुवेतले पनि आफ्नो बिज्ञप्तीमा कुवेत सरकारले ‘व्यावसायिक तथा भिजिट भिसामा आउने आप्रवासी कामदार वा अन्य कुनै व्यक्तिलाई काम गर्न अनुमति नदिने’ र भिजिट भिसालाई कामदार भिषामा परिवर्तन पनि गर्न नसकिने जानकारी दिंदै, नेपालदेखी धेरै कामदारहरुलाई झुक्याएर भिजिट भिसामा कुवेत ल्याईने र पछी मात्र भिसा परिवर्तन गराई काममा लगाईने तथ्यांकहरु भेटिएकाले आयन्दा त्यस्तो कार्य गरी कुनै पनि नेपालीलाई नझुक्याउन र नफसाउन आग्रह गर्दै र भविष्यमा यदी कसैलाई पनि नेपालदेखी या कुवेतमै बसेर त्यस्तो कार्यमा संलग्न रहेको पाईएमा र सो प्रमाणित भएमा कडा भन्दा कडा कार्वाही गरी कुवेतदेखी डिपोट ९देशनिकाला० नै गर्न सकिने चेतावनी दिंदै, नेपाल र कुवेतका सम्पूर्ण नेपाली मेनपावर एजेन्सी एवं व्यवसायीहरुको जानकारीको लागि नेपाली राजदूतावास कुवेतले बिज्ञप्ती जारी गरेको छ ।

No comments:

Pages