तिलक मल्ल
रोजगारीको सिलसिलामा झण्डै १२ बर्ष अगाडि जापान आएका तर करिव एक बर्ष अगाडिदेखि विचल्ली एवं बेवारिसे अवस्थामा पुगेका काभ्रेका दीपक गौतमको टोकियोमा
निधन भएको छ ।रोजगारीको सिलसिलामा झण्डै १२ बर्ष अगाडि जापान आएका तर करिव एक बर्ष अगाडिदेखि विचल्ली एवं बेवारिसे अवस्थामा पुगेका काभ्रेका दीपक गौतमको टोकियोमा
काभ्रे जिल्ला पाँचखाल घर भई मोती इन्डियन रेस्टुरेन्टबाट कुक भिसामा जापान आएका ४२ बर्षिय दीपक गौतम बिचल्ली अवस्थामा भौतारिदैं हिड्ने गरेकाले यहाँको नेपाली समुदायको सहयोगमा गत नोवेम्बर २७ मा चन्दा उठाई नेपाल पठाइएको थियो ।
नेपाल फर्काएका गौतम करिव १ महिना अगाडि पुनः जापान आएका थिए । जापान आएपछि उनी पहिलेकै जस्तो गरी पार्क तथा सडकतिर रात बिताउने गर्दै आएका थिए । पछिल्लोपटक जापान आएदेखि प्रायः निशीकोयामाको पार्कतिर भेटिने गरेका गौतमलाई नेपाली जनसम्पर्क समितिका महामन्त्री आनन्दबहादुर क्षेत्रीले नजिकको चर्चमा बसोबासको ब्यवस्था मिलाएका थिए तर उनको अभद्र ब्यवहारका कारण त्यहाँ उनलाई धेरै दिन बस्न दिईएन । पार्कतिरै समय बिताउदै आएका गौतम केहि हप्ता पहिलेदेखि जण्डिसले ग्रस्त देखिन्थे । उपचारका लागि पटक पटक एम्बुलेन्स बोलाई अस्पताल पुर्याए पनि केहि बिशेष भएपछि एम्बुलेन्सले उनलाई पुनः पार्क मै ल्याएर छोडिदिने गरेको क्षेत्री बताउँछन् ।
हिजो मंगलबार साँझ ५ बजेतिर अचानक रगतको वान्ता गरेका गौतमलाई पुनः एम्बुलेन्स बोलाई नजिकै रहेको हातानोदाईस्थित शोवा अस्पतालमा पुर्याईएको थियो तर हिजै राती उनको मुटु फुटेर मृत्यू भएको अस्पताल श्रोतले जनाएको छ ।
गौतम गत वर्षदेखि नै बेरोजगार र बेवारिसे अवस्थामा भौंतारिएर हिड्ने गरेका थिए । केहि महिना पहिले समुद्रपारिसंगको कुराकानीमा गौतमले जापानमा कमाएको जायज्येथा पूरै हिनामिना पारिएको बताए, उनले भने, ममाथि आर्थिक तथा पारिवारिकरुपले बज्रपात परेको छ, यो पींडालाई सहन मदिराको सहारा लिने गरेको छु यसरी उनी आर्थिक, सामाजिक, पारिवारिक र मानसिकरुपमा कमजोर बन्दै गईरहेका थिए । जसका कारण साथीभाई, आफन्त र चिनाजानीका सबैबाट उपेक्षित बन्दै गएपछि उनको मनोबल गिर्नुकासाथै गासबासको कुनै ठेगान नभएको अवस्थामा उनी आफ़्नो दैनिकी गुजारा चलाउँदै आएका थिए । यसरी दिनप्रतिदिन उनको स्थिति नाजुक बन्दै गएपछि पछिल्ला समयमा उनी रेलस्टेशन, पार्क तथा सडकतिर सुतीरहेको अवस्थामा भेटिएपछि यहाँको नेपाली समुदायले उनलाई नेपाल पठाएको हो । तर उनीसंग भिसा भएकोले उनी फर्केर फ़ेरि जापान आएका थिए ।
गौतमलाई नजिकबाट चिन्नेहरुकाअनुसार उनले जापानको रोजगारीबाट आर्थिकरुपले राम्रो प्रगति गरेको र पारिवारिकरुपले सुखी जीवन बिताईरहेका थिए । कालान्तरमा उनी अधिक मदिरा सेवन गर्ने कुलतमा फसेका थिए । गुरुङथरसंग अन्तरजातीय बिबाह गरेका गौतमको नेपालमा १ छोरा र १ छोरी छन् । श्रीमती भने गौतमको स्वभाव नसुध्रने देखेपछि सम्बन्ध बिच्छेद गरी जापानमै अर्कैसंग पुनर्बिबाह गरेर बसेको बताईन्छ ।
अहिले गौतमको मृतक शरीर हातानोदाईको शोवा अस्पतालमा रहेको छ । स्थानिय प्रहरीहरुले गौतमको आफन्तको ब्यापक खोजी गरेपनि कोहि नभेटिएपछि उनको उपचार खर्च र दाहसंस्कार खर्चका लागि कुयाक्शो नगरपालिकासंग कुरा भईरहेको थाहा भएको छ । गौतमको निधनबारे प्रहरीहरुले नेपाली दूतावासमा सम्पर्क गर्दा दूतावासले ३, ४ जनाको नाम दिदैं स्थानिय समाजसेवी नेपालीहरुसंग सम्पर्क गर्न सिफारिश गरेको पनि प्रहरीहरुले बताएका छन् ।
No comments:
Post a Comment