7/27/2011

विभागमा त्रिपक्षीय छलफल

वैदेशिक रोजगारमा जाने कामदारहरुमा देखिएको विविध समस्या र यसको समाधानको लागि वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग र वैदेशिक रोजगार व्यवसायीबीच बुधबार विभागकै कार्यकक्षमा एक छलफल भएको छ ।
सो छलफल कार्यक्रममा अध्यागमन, वैदेशिक रोजगार विभाग र व्यवसायीहरुको कमीकमजोरी औल्याई विदेश जाने कामदारलाई सरल र सहजढंगले पठाउने वातावरण तयार विषयमा छलफल भएको विभागका महानिर्देशक नरेन्द्रराज शर्माले जानकारी दिनुभएको छ । कार्यक्रममा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा, अध्यागमन प्रमुख बसन्तकुमार भट्टराई र महानिर्देशक जन्मजय रेग्मी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजु, फरेन इम्प्लाइमेन्ट एसोसिएसनका अध्यक्ष प्रेमबहादुर कटवाल, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका कावा अध्यक्ष रविन शेरचन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका अध्यक्ष बलबहादुर तामाङको सहभागीता थियो ।

No comments:

Pages