मकाउ समेत हेर्ने जिम्मेवारी पाएको हङकङस्थित महावाणिज्यदूतावासले बजेटको अभावमा सार्वजनिक स्थलमै सरकारी कामकाज गर्न बाध्य भएको जनाएको छ ।
मकाउमा दूतावासको स्थायी कार्यालय छैन् । बजेटको अभाव देखाउदै दूतावासले कहिले सार्वजनिक पार्क, कहिले फेरि पानीजहाज रोकिने स्थल, त कहिले रेष्टुरेन्टलाई सरकारी कामकाज गर्ने थलोका रुपमा प्रयोग गर्दै आएको र यस्तो कार्य गरिनु अवैध भएको दूतावास स्वयंको भनाई छ । विगतमा महिनाको एकपटक नियमित तोकिएको होटल कोठामा दूतावासका कामकाज हुँदै आएका थिए । तर अहिले भने त्यो समेत रोकिएको छ । सार्वजनिक स्थलमा पासपोर्ट बाँडने लगायतका सरकारी कामकाज हुनु राष्ट्रकै छवि धुमिल्याउने कार्य भएको मकाउबासी नेपालीहरु बताउँछन् । हङकङ पानीजहाजबाट एकघण्टाको दूरीमै भएपनि नेपाली राहदानी वाहकलाई प्रवेशमा कडाई छ ।नेपाली कामदारका हकमा मकाउ ज्याला र सुविधा दुबैका दृष्टिकोणले उत्कृष्ट थलो हो । दिनप्रतिदिन नेपाली कामदारको संख्या समेत बढ्दै गएकाले दूतावास खोलेर राम्रो सम्बन्ध विस्तार गर्नसके रोजगारी समेत सिर्जना हुनसक्ने एनआरएनका अध्यक्ष थापाले बताए । मकाउमा रहेका करिब दुई हजार नेपालीहरु मध्ये दुईसयजनाले स्थानीय मकाउ आईडी लिइसकेको समेत उनले जनाएका छन् ।
No comments:
Post a Comment