6/09/2011

मस्कोमा एमआरपी हस्तान्तरण

कृष्णप्रकाश श्रेष्ठ
मस्कोस्थित लेपाली राजदूतावासमा एक समारोहबीच पहिलोपल्ट मेशिन रिडएबल पासपोर्ट जारी गरिएको छ ।
नेपाली राजदूत सूर्यकिरण गुरुङले कल्याणी पाण्डे, विनयकुमार श्रेष्ठ, अञ्जना श्रेष्ठ, अभिनव श्रेष्ठ तथा प्रद्युम्न नेपाललाई मेशिनले पढ्न सक्ने नयाँ राहदानी प्रदान गर्नुभयो । नेपाली राहदानी हस्तान्तरण समारोहमा श्रीमती राजदूत डली गुरुङ, उपनिकाय प्रमुख गेहेन्द्र राजभण्डारी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका प्रमुख संरक्षक डा। उपेन्द्र महतो, उपाध्यक्ष जीवा लामिछाने, सदस्य सपिला राजभण्डारी, रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा। मणिराज पोखरेल, राजकुमार पाण्डे तथा अमीर गुरुङको पनि उपस्थिति रहेको थियो ।

No comments:

Pages